बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग बराबरी

शुक्रवार, माघ २८, २०७८

२०७८ माघ २८/ कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । रोमान्चक खेलको इन्जुरी समयमा सुमन अर्यालले गोल गरेपछि आर्मी हारबाट जोगिएको हो । इन्जुरी समयको सातौं मिनेटमा जगजित श्रेष्ठको क्रसमा सुमनले सहजै गोल गरेका थिए । त्यसअघि खेलको ५३ औं मिनेटमा ओन्गुना जुनियरले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । रुप बहादुर लामाको ब्याक पासमा आर्मीका तीन डिफेन्डरलाई बिट गर्दै जुनियरले उत्कृष्ट गोल गरे । त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको छ , फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे । श्याम बाबु केप्छ्याकीले एक गोल थपे । ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए ।

सम्बन्धित खबर