बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने तयारी

शुक्रवार, माघ २८, २०७८

२०७८ माघ २८/ नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा गर्ने तयारी गरिएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो । त्यस्तै अधिवेशन हुन बाँकी रहेका अन्य कुनै पनि तहको अधिवेशन फागुन १० गतेभित्रै सम्पन्न गर्ने सहितको प्रतिवेदन कार्यसम्पादन समितिको बैठकमा पेश भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे कुनै निर्णय हुन सकेन । भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान बैठकमा पेश र विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिने प्रवक्ता महतले जानकारी दिनुभयो । भ्रातृ संस्थाबारे थप अध्ययन गर्न शनिबार बैठक नराखी आइतबारको बैठकबाट निर्णय लिन लागिएको महतले बताउनुभयो । महतले एमसीसीलाई संसदमा पेश गरेर पारित गर्नुपर्ने धारणा नै कांग्रेसको आधिकारीक धारणा रहेको पनि बताउनुभयो । कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक आइतबार २ बजे पुनः बस्नेछ ।

सम्बन्धित खबर