बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना :डा. प्रकाशरण महत

शुक्रवार, माघ २८, २०७८

२०७८ माघ २८/ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उहाले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब स्वार्थ नरहेको बताउनुभएको हो । उहाले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राख्नुभयो । एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै उहाले नेताहरूले नै यसको बिरोध गरिरहेको उहाको भनाई छ । उहाले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताउनुभयो । उहाले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर