बिहिवार, साउन १०, २०८१
Sancharmanch

एकतर्फी माँया

शुक्रवार, माघ २८, २०७८

२०७८ माघ २८/ संझना उप्रेती (प्रवास)/ पहिलो प्रेम मान्छेले बिर्सिन सक्दैसक्दैन । चाहे त्यो बाल्य कालको होस या ठुलो भएपछिको ‘कति स्वच्छ ,मिठो र निष्चल हुन्छ है ? ‘त्यसमा नत कुनै स्वार्थनै हुन्छ नत कुनै लोभ या प्रलोभ ‘.बस् माया माया अनि माया ‘ऊस्ले जे गरे पनि राम्रो लाग्ने ,जस्तो बोले पनि सुनिहरनु……. ऊसैसंग मात्रै बोलीरहुँ लाग्ने ‘अझ एऊटै क्लासमा भए पछित सक्किगयोनि ‘ऊ नभएको दिन ऊ बस्ने बेन्चमा अरु कोही बस्यो भने पनि रिस ऊठ्थ्यो मलाई सायद पहिलो प्रेम भएर होला‘…… पहिलो प्रेम थियो ऊ मेरो कक्षा नौ मा हुदादेखी मन पराऊथेँ । ‘एऊटै कक्षामा थियौ हामी हुनत ऊ म भन्दा १ बर्ष ठुलो नै थियो तर ऊ ९ मा फेल भएपछि नै हामीसंगै भएका थियौ ‘‘भनिन्छनी यदि कसैलाई साच्चीकै बेहद माया गरिन्छ भनेनी रुप रंग धनि गरिब अथवा ऊस्का कमिकमजोरी केही देखिदैनरे माया साचीकै अन्धो हुन्छ रे ‘त्यस्तै भएको थियो मलाई ‘पढाईमा तेजीलो थिएन ऊ तर ऊ फेल भएकोमा मत एकदमै खुसी थिए ..एऊटै कक्षामा त बस्न पाईयो ‘कालेकाले हिस्सी परेको भर्खरै जुंगाका रेखी बस्दै गरेको ..मुसुक्क हाँस्दाखेरी असाध्यै सुन्दर लाग्थ्यो ऊ मलाई ‘. अझ स्कुलको पहिरनमा त हिरोझै देखीन्थ्यो ‘.म जतिकै अग्लो भए पनि ,ऊ भन्दा मै अग्ली देखीन्छुरे सरिताले भनेको ‘.कुरालाई बटारी बटारी मिठा–मिठा बनाएर बोल्न जानेको….. मख्खै बनाउने कुरा गरेर‘….. भर्खर भर्खर कक्षा सुरु भएकोबेला हामी तिमीहरुको सिनीयर्स हौ जे भन्यो त्यै मान्नु पर्छ भनेर हाम्रो खाजा खाईदिने होमवर्क गर्न लाऊने कैले–कैले खानै लागेको तितौरा मुखैबाट खोसेर खाई दिन्थे ‘.सबै साथीहरु रिसाऊदा म पनि रिसाएझै गरिदिन्थेँ तर भित्र भित्रै म त कस्तो खुसी हुन्थँे ‘सधै मेरो खानेकुरा खान मलाई सताऊने ऊ नै हुन्थ्यो मैलेत मनमनै मनपराईसकेकी थिए ‘.लाग्थ्यो ऊस्ले पनि मलाई ऊतिकै मन पराऊथ्यो ‘नत्र यसरी दिनैपिच्छे ऊ किन मलाई मात्र सताऊछ? अरुपनित छन केटीहरु सताऊन तर अरुलाई केही गर्दैन्थ्यो ‘‘मलाई सधै त्यसैगरी सताओस जस्तो लाग्थ्यो कैले–कैले उस्ले केही नगरेको दिन कस्तो खल्लो लाग्थ्यो किन रिसायोकी जस्तो लाग्ने‘….. भन्नत सक्दिनथेँ म तर मनमनै दुखी भएर बस्थेँ ‘घरमा हुदा भोली त जसरीनी भन्छु भनेर आँट राखेर स्कुल पुग्दा उस्लाई देखेपछि भन्नै सक्दिन थँे । ‘केटीहरुले प्रपोज गर्यो भने केटाहरुले हेप्छनरे भनेको पनि सुनेकी थिए ‘जति अाँट गरे पनि भन्नै सकिन मैले कक्षा ९ को अन्तिम तिर थियौ ‘त्यतिबेलासम्मत मज्जाले कुरा गर्न थालीसकेकाथियौ ‘ऊ पनि मसंगै बसेर क्यान्टीनमा खाजा खान्थ्यो ..मेरी साथी सरीताले जहिल्यै जिस्क्याउँथी ऊस्ले पनि तलाई पक्कै मन पराउँछ नत्र किन यसरी जैले हामीसंगै बस्न ,हामीसंगै बोल्न मन पराउँछ त? मलाई पनि त्यस्तै लाग्थ्यो ‘क्लासमा हुदा मेरो पछाडीको बेन्चमा बसेर कैले कपाल तान्दिने कैले पुच्छार लाईदिने ‘.कैले कैले त सरले पढाईरहेको बेला ‘कागजमा लेखेर पोको पारेर मलाई पछाडी बाट कोट्याएर दिन्थ्यो ‘खोलेर हेर्यो तिमी एकदमै राम्री छौ तिम्लाई पाउने भाग्यमानी कोहो ? भन्ने यस्तै–यस्तै मायाका कुराहरु मात्रै गरिरहन्थ्यो ‘ऊसका यिनै मायालु हर्कतले गर्दा ऊ प्रती दिनप्रतीदिन फिदा हुदै थिए ‘.बिस्तारै बिस्तारै कक्षामा केही साथीहरुलाई पनि थाहा भैसकेको थियो ‘हुदा–हुदा उस्लाई पनि मैले मन पराऊछु भन्ने थाहा थियो ‘तर पनि ऊ किन केही बोल्दैन ? खाली जिस्कीएर मात्रै बस्छ? किन मन पराऊछु भन्दैन जस्तो लाग्थ्यो ‘रिस ऊठ्थ्यो म बोल्दीन थिए ‘खाजा खान जान पनि मन लाग्दैन थियो चित्त दुख्थ्यो उ देखी तर सरीता भन्थी जे भए पनि ऊस्ले तलाईनै मन पराउँछ जस्तो लाग्छ मलाईत ,म सोधौत ऊल्लाई भन्थी तर म भन्न दिन्न थँे खै किन हो ? डर लाग्थ्यो‘….. म रिसाएको पनि थाहा पाऊथ्यो ‘छेऊमा आएर आज देऊता किन रिसाए केमा चित्त दुख्यो भनेर फकाऊथ्यो अनि जेकुरा गरेर भएपनि हसाएरै छोड्थ्यो ‘..त्यस पछित लाग्थ्यो नभनेपनि ऊ मलाईनै माया गर्छ ‘‘स्कुल सके पछी उस्को र मेरो घर जाने बाटो पनि चोक सम्म एऊटै थियो त्यसपछि ऊ अर्को मोडतिर मोडीन्थ्यो ‘.बाटो छुटे पछि परसम्म पुगिन्जेल हात हल्लाई रहन्थ्यो ‘म त ऊ मेरो छेऊमा नहुदापनि ऊसैका बारेमा सोचीरहेकी हुन्थेँ ‘खाना खाईसकेर ओच्छ्यानमा पल्टादा पनि ऊस्लाई नसम्झी ..ऊसले गरेका कुराहरुमा एक्लै खित्का छोडी ‘त्यो सिरानीलाई ऊसम्झेर मायाले च्यापी सुत्दीनथेँ ‘.यो माया भन्ने चिजै कस्तो हो कसरी ब्याख्या गर्नुर? ‘परिभाषानै हुन्न बस मन परेपछि पर्यो पर्यो ‘.आजकाल त स्कुल जादा पनि राम्री भएर कपडामा चट्ट आईरन लगाएर अाँखामा हल्का गाजल र कालो टिका लगाएर जान्थेँ । ‘टिका र गाजल लगाऊन थालेको पनि ऊस्लाई मन पराऊन थाले पछिनै थियो ‘देख्ने बितीक्कै छेऊमा आएर अरुले थाहै नपाऊने गरी तारीफ गरिदिन्थ्यो ‘म त लाजले भुतुक्कै हुन्थँे ‘‘.कैले–कैले झुक्किएर एक अर्कामा ठोकीयौ भने या हात समाईयो भने पनि पुरै सरिरमा झड्का लाग्थ्यो ..गाला बाट आगोको रापै चुहीए जस्तो रातो रातो महसुस हुन्थ्यो ‘सायद ऊस्लाई पनि त्यस्तै हुन्थ्योकी ‘तर पनि कैले भन्दैनथ्यो । ऊ ‘एसएलसी आऊनै लागेको थियो ‘म्याथको ट्युसन पढ्थ्यौ हामी ९÷१० जना स्कुलकै म्याथ सरसंग स्कुल सुरु हुनु अगाडी ‘एक दिन सरिताले मलाई देख्ने बित्तिकै भनि त संग एकदमै ईम्पोर्टेन कुरा गर्नुछ ‘मलाई त्यो के कुरा हो सुन्न छटपट भैसकेको थियो कतै ऊस्ले सरितासंग मलाई मन पराएको कुरात गरेन??? एक घन्टाको ट्युसन सकिन पनि पुरै दिन जस्तो लामो लाग्यो ‘ट्युसन सके पछि १५÷२० मिनेट पछि बल्ल सुरु हुन्थ्यो स्कुल ‘ऊ र म ट्बाईलेट तिर लाग्यौ ‘मलाई हेरेर मुस्कुराऊदै थियो ऊ……. म पक्का भै सकेकी थिएँ ….. कुरा त त्यही थियो बस ऊस्ले मलाई भन्न सकेन ‘मख्खै बनेर त लगयौ….. अ भन त केटी केहो त्यो ईम्पोर्टेन्ट कुरा‘??? ऊ अलि झस्के जस्ती बनि ‘मनमा चिसो पस्यो मेरो ‘सुनन जे भए पनि नराम्रो नमान है ‘भनन पैले मान्दीन के ‘राहुलकोत त्यो ब्याक बेन्चमा बस्ने पुस्पासँगपो लब परेको रैछत? मलाई थाहा थियो ऊ मसग जिस्कदै थिई ‘नकरा भन के कुरा मलाई सुन्न हतार भैसक्यो‘….. साले के को जिस्कनुनी निर्मलाले मलाई भनेकी ऊनीहरुत बाहीर डेट पनि जान्छन रे ‘.म लाट्टिए ‘भो यार छोड्दे यी केटाहरु त्यस्तै हुदारछन यता तलाई मख्ख पारेर ऊता अर्कैसंग लब ‘.अनि तलाई मख्ख पारेकोत ऊनिहरुको लब अरुले थाहा नपाऊन भनेरपोरछ कस्तो नराम्रो रैछ है राहुल ‘.म त ट्वाईलेटमै रुन लागेछु ‘सरिताले आँट दिई मलाईत कस्ती राम्री छेस त्योभन्दा राम्रा राम्रा पाऊछेस‘. म बोल्नत केही बोलीन ‘.बस टाऊको मात्रै हल्लाए ‘अनि ऊबाट टाढा हुने कोसीस गरीरह्ये ‘तर पनि पहिलो प्रेम काहा त्यतिकै बिर्सन सक्नुनी ‘.. त्यो पुस्पालाई देख्ने बित्तीकै रिस ऊठ्थ्यो गएर भुताल्न मन लाग्थ्यो तर बिचरा उस्को केगल्ती र? भुतल्नु पर्नेत ऊस्लाई थियो तर केही भन्नत सक्दीन थेँ बाकी कुरात परै जाओस ‘.,मेरो मनमा माया ऊस्तै थियो तर पनि ऊस्को खुसीको लागी आजकल मतलब राख्दीन थँे पैले जस्तै गफ हुन्थ्यो थाहै दिईन ऊसंग म रिसाएको ‘.त्यपछित हामी स्कुलबाट छुटीयौ ‘अब परिक्षामा मात्रै भेट हुनु थियो भेटपनि के भन्नु देखा देखहोला बोल्ने फुर्सद काहा मिल्ला र ?? त्यसपछित लगभग ५ बर्ष पछि ऊसंग फेसबुकमा भेट भयौँ हामी ऊसैले खोजेर भेटाएको मलाई फ्रेन्ड त एक्सेप्ट गरिन तर म्यासेजमा कुराचै गरियो ‘.तिमी त झन झन राम्री भै छेऊ ‘आई वुईस मैले तिमीलाई प्रपोज गरेको भएभनेर ‘मेरोत भाग्य यस्तै रहेछ ‘ऐले पछुतो लाग्छ ..डुयु स्टील लब मी? म्यासेज पठायो…. मलाई ऊस्को अझै उतिक्कै याद आउथ्यो माँया पनि ऊतिकै थियो तर अब मलाई ऊस्को हुनुचैँ थिएन माया गरे पनि ….. चाहाना मरिसकेको थियो सिन गरेर अनसिन गरिदिए ।

सम्बन्धित खबर