आइतवार, साउन ६, २०८१
Sancharmanch

नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण

बिहिवार, माघ २७, २०७८

२०७८ माघ २७/ नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ८० पिसिआर परिक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ६४ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ हजार २ सय ३८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३० हजार ६ सय ७ जना निको भएका छन् । हाल नेपालमा २९ हजार ४ सक्रिय संक्रमित आइशालेशन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाउको छ ।

सम्बन्धित खबर