शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

बिहिवार, माघ २७, २०७८

२०७८ माघ २७/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताउनुभयो । उहाँले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको जानकारी दिनुभयो ।

मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताउनुभयो ।महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाईकल हराएको भनि निबेदन परेको मध्ये ३०९ वटा मोटरसाईकल फेला पारेको हो । जस मध्ये २४४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यस्तै बिभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाईकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एव कारबाहीको लागी बिभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

सम्बन्धित खबर