बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

माटो परिक्षण अव कृषि ज्ञान केन्द्र झापामै हुने

बिहिवार, माघ २७, २०७८

२०७८ माघ २७/ झापाको कृषि ज्ञान केन्द्रमा माटो परिक्षण गर्ने ब्यवस्था भए पछि कृषकहरुलाई सहज हुने भएको छ ।

कृषि ज्ञान केन्द्र भद्रपुर झापाको आर्थिक वर्ष २०७८/७९को स्विकृत वार्षिक निति तथा कार्यक्रम अन्तर्गत भद्रपुर, चन्द्रगढी स्थित कार्यालयमा माटो परिक्षण प्रयोगशाला स्थापना भए पछि ज्ञान केन्द्रले नाम अनुसारको कामको सूरुवात गरेको छ ।

स्वयल मिनि ल्याव स्थगापनाका लागि कार्यालयमा प्राविधिक सहायक पदमा कार्यरत कर्मचारी सुमिता दाहाललाई माटो परिक्षण सम्वन्धि तालिमको ब्यवस्थापन गरेर सुरु गरिएको ल्याव वाट माटोमा भएको अम्लियपना, क्षरियपना साथै सुक्ष्म खाद्य तत्व र अन्य अवसेसको परिक्षण हुने प्राविधिक सहायक दाहालले जानकारी दिनु भयो ।

माटो परिक्षण मेसिन इन्डियन मोडलको भएको जानकारी दिदै १४ वटा पारा मिटरमा माटो परिक्षण गरिने कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंले जानकारी दिनु भयो ।

माटो परिक्षण पछि माटोमा भएको अम्लियपनाको आधारमा कृषकहरुलाई कृषि चुन प्रयोगका लागि सिफारिस गरिने पनि प्रमुख सिं ले जानकारी दिनु भयो ।

छिटो छरितो तथा विश्वसनिय रिजल्ट दिने मेसिनको प्रयोग भएको वताउँदै माटो परिक्षणका लागि आम नागरिकहरुलाई १ देखि २ घण्टा भित्र नतिजा दिइने पनि प्रमुख सिंले जानकारी दिनुभयो । उहाँले भन्नु भयो कृषकलाई माटो परिक्षणका लागि कृषि ज्ञान केन्द्र झापा सम्म आएर सेवा लिनुु हुन अनुरोध छ ।

सम्बन्धित खबर