बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबको जित

बुधवार, माघ २६, २०७८

२०७८ माघ २६/ विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे । च्यासलका मौसा अबागानाले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए , त्यसपछि खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर