शुक्रवार, मंसिर ७, २०८१
Sancharmanch

नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण

बुधवार, माघ २६, २०७८

२०७८ माघ २६/ नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ५ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ७ हजार ७ सय ७७ संक्रमित निको हँुदा हालसम्म नेपालमा ९ लाख ७० हजार ४ सय ६२ जना निको भएका छन् । हाल नेपालमा ३० हजार २ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर