बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुलुकभन्दा ठूलो गठबन्धन होइन चित्र बहादुर केसी

बुधवार, माघ २६, २०७८

२०७८ माघ २६/ राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पार्नुभएको छ । एमसीसी बिरुद्धमा बुधबार काठमाडौंमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका बिरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताउनुभएको हो । उहाले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने जिकिर गर्नुभयो । अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने काम गरेको उहाको भनाई छ । उहाले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरेको पनि बताउनुभयो । एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस बिषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उहाले बताउनुभयो । केसीले एमसीसी मार्फत अमेरीकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको जिकिर गर्नुभयो ।कार्यक्रममा सहभागी अन्य वक्ताहरुले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै खारेज गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित खबर