शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

सवै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव

मङ्गलवार, माघ २५, २०७८

२०७८ माघ २५/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सवै प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान सुझाव दिनुभएको छ । मंगलबार सिंहदरबारमा युएई गई अलपत्र परेर नेपाल फर्काइएकाहरुसंगको छलफलका क्रममा मन्त्री श्रेष्ठले राज्यका बिभिन्न निकाय र सम्बन्धीत कम्पनीमा बिषयमा बुझेरमात्र मात्र बैदेशिक रोजगारमा जान सुझाव दिनुभएको हो । भिजिट भिसा प्रयोग गर्नेहरु अलपत्र पर्ने क्रम बढेको भन्दै उहाले यस क्षेत्रमा देखिएको बिकृतिलाई अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले युएइमा नै गएर नेपालीहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिने जानकारी दिनुभयो । उहाले हजारौ नेपालीहरु अलपत्र परेको सूचना आएको भन्दै यस बिषयमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो । छलफलका क्रममा युएइबाट फर्केका पीडितहरुले म्यानपावरलाई भनेबमोजिमको पैसा दिदा पनि आफुहरुलाई अलपत्र पारेको गुनासो गरेका थिए । युएइमा निकै कष्टकर रुपमा आफुहरुलाई राखिएको उनीहरुले बताए । उनीहरुले आफुहरुलाई अलपत्र पार्ने म्यानपावरलाई कडा कारवाही गर्न माग गरेका छन् । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका नेपालीलाई आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हो । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ समेत गरिसकेको छ ।

सम्बन्धित खबर