बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गर्यो

मङ्गलवार, माघ २५, २०७८

२०७८ माघ २५ / नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा तयार गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले माघ २७ गते बस्ने कार्यसम्पादन समितिको एजेण्डा तयार गरेको हो । कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, १६ जिल्लाको अधिवेशन र भ्रातृ संस्थाका बिषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिनुभयो । पदाधिकारी बैठकले तयार पारेको एजेण्डाका बिषयमा पार्टी सभापति शेर बहादुर देउवासंग छलफल हुने र अन्तिम रुप दिने उहाले बताउनुभयो । त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाले पार्टी सभापतिसंग छलफल गरेर कार्यसम्पादन समितिको एजेण्डाले अन्तिम रुप पाउने बताउनुभयो । कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, जसको पहिलो बैठक बैठक २७ गते बोलाइएको छ ।

सम्बन्धित खबर