बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एकीकृत समाजवादीसँग निकट कर्मचारीहरूले छुट्टै संगठन

मङ्गलवार, माघ २५, २०७८

२०७८ माघ २५/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन् । मोहन कुमार घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल गठन गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा संगठनका संयोजक घिमिरेले १५१ सदस्यीय अधिवेशन आयोजक समिति र ३५ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिनुभयो । उहाले नेपाल निजामती कर्मचारी संगठनको सट्टा एकीकृत सरकारी कर्मचारी संगठन गठन गरिएको दावी गर्नुभयो । प्रदेश, संघ र स्थानीय कर्मचारीको छाता संगठन स्थापना भएको र फाल्गुन महिनाभित्र मातहतका कर्मचारी संगठनलाई सरकारी कर्मचारी संगठनमा रुपान्तरण गरिने उहाले बताउनुभयो । संगठनले टे«ड युनियन भित्र देखिएको अर्थवाद, अवसरबाद र अराजकतावादको अन्त्य गर्दै एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्वन गर्न माग गर्ने निष्कर्ष निकालको जनाएको छ ।

सम्बन्धित खबर