बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कृषकमुखी कार्यक्रममा युवा वडा अध्यक्ष मनोज खुलाल

मङ्गलवार, माघ २५, २०७८

२०७८ माघ २५/ झापाको शिवसताक्षी नगरपालिका वडा न. ६ का युवा वडा अध्यक्ष मनोज खुलालले वडा वाट कृषकमुखी कार्यक्रम सञ्चालन गर्नु भएको छ । शिबगञ्जका कृषकहरुलाई मकै खेतीतर्फ प्रोत्साहन गर्न रामपुर कम्पोजिट उन्नत जातका मकैको बीऊ बितरण गरिएको हो । वडा कार्यालयले वडाभित्रका तिन सय बढी कृषकहरुलाई पाँच सय केजी उन्नत जातको मकैको बीउ बितरण गरिएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष कार्कीका अनुसार वडावासी नागरिकहरुलाई शिबगञ्जस्थित वडा कार्यालयमा उपस्थित भएर लान पाउने ब्यवस्था मिलाईएको थियो । शिवसताक्षी नगरपालिका वडा नं. ६ का कृषक लक्षित कार्यक्रम अन्तर्गत विभिन्न मेसिन औजार वितरण गरिसकेको वडाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत रु ७० हजार वजेट ब्यवस्थापन गरेर मकैको विउ वितरण गरिएको कृषि समिति संयोजक डिल्लिराम काफ्लेले जानकारी दिनु भयो ।


वडा वाट वितरण गरिएको मकैको विउ लिन आउनु भएका स्थानिय देउनारायण भण्डारीले वडा वाट कृषकको आवश्यकता वुझेर अत्यन्तै राम्रो कार्यक्रम सञ्चालन भएकोमा वडा अध्यक्ष मनोज खुलाल कार्कीको खुलेरै प्रशंसा गर्नु भयो । स्थानिय दिनेश निरौलाले वडाको जस्तै क्षमतावान सक्षम जनप्रतिनिधी नगरमा नभएको उल्लेख गर्दै वडाले साना मसिना कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी रहेको वताउनु भयो । त्यस्तै मकैको विउ लिन आउनु भएकी स्थानिय कौशिला सिटौलाले सोचे अनुसारको काम वडा वाट सम्पादन भएको वताउँदै भोट खेर नगएको वताउनु भयो । वडाका अर्का स्थानिय गोकुल प्रसाद पौडेल वडाले सञ्चालन गरेको कार्यक्रमले वडाका सम्पुर्ण नागरिकहरुलाई समेटेको वताउदै नगरवाट त्यस प्रकृतिको कार्यक्रम सञ्चालन नभएकोमा दुःख ब्यक्त गर्नु भयो । आगामि निर्वाचनमा मनोज खुलाल जस्तो नगरप्रमुखको आवश्यकता रहेको समेत वाँस्कोटाले वताउनु भयो ।


मकैको बितरण कार्यक्रममा वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, बद्रीनाथ खनाल, उषादेबि खड्का र नरमाया परियारको सहभागिता थियो । सो अवसरमा वडा सचिव बिमल बास्कोटाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर