बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसीसी संसद्मा टेबुल भए राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने

आइतवार, माघ २३, २०७८

२०७८ माघ २३/ राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएको छ । रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित रहेको भन्दै आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताउनुभएको हो । त्यस्तै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताउनुभयो । पाठकले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको ६ महिना पूरा असफल भएको टिप्पणी पनि गर्नुभयो । निर्वाचनमा तालमेल गर्ने बिषयमा पछि छलफल हुने उहाको भनाई छ ।

सम्बन्धित खबर