बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले दियो अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण गर्न सुझाव

आइतवार, माघ २३, २०७८

२०७८ माघ २३/ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता समस्या समाधानका लागि अनुत्पादक क्षेत्रमा कर्जा लगानी नियन्त्रण लगाएतका सुझाव दिएको छ । आइतबार काठमाडौंमा तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै परिसंघले उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा दुई थरिको व्याजदर लागू गर्नुपर्ने सुझाव पनि दिएको छ । त्यस्तै उत्पादकमुलुक क्षेत्र बाहेक अन्य क्षेत्रमा कर्जा लगानी गर्दा व्याजदर तथा अन्य सेवा शुल्क निर्धारण गर्न बैंक तथा बित्तिय संस्थालाई नै स्वायत्तता प्रदान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै तरलता अभाव सम्बन्धी सुझावसहितको अध्ययन प्रतिवेदनमा आयातमा थप कडाइ गरि सम्पूर्ण प्रतितपत्रबाट आयातित वस्तुमा शत् प्रतिशत नगद मार्जिन गर्दा केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने जनाएको छ । त्यस्तै प्रतिवेदनमा विप्रेषण आप्रवाहलाई व्यवस्थित गर्नुपर्ने भनिएको छ । कार्यक्रममा अध्ययन कार्यदलका संयोजक उपेन्द्र पौड्यालले रेमिट्यान्सले आयात बढाएको देखिएको बताउनुभयो । उहाले निर्यात बढाउनका लागि राज्यले कुनै नीति अवलम्वन गर्न नसकेको धारणा राख्नुभयो । त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्रतिवेदन कोहीप्रति पनि पूर्वाग्रही नभएको बताउनुभयो । प्रतिवेदनमा वित्तीय क्षेत्रमा देखिइरहने समस्या समाधानका लागि दिर्घकालीन समाधानको उपाय खोजिएको भन्दै सवै मिलेर यस क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । प्रतिवेदनमा १ वर्ष भन्दा मुनिका मुद्दति निक्षेपमा बचत खाताको ब्याजदर भन्दा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।यस्तै स्वदेशमै आत्मनिर्भर भइसकेका वा आत्मनिर्भरउन्मुख कृषिलगायतका अन्य वस्तु आयातमा कर बढाउने र आयात प्रतिस्थापन कर लगाउन पनि सुझाव दिईएको छ ।

सम्बन्धित खबर