बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र एमसीसीको विरोधमा अनेरास्ववियूको मशाल जुलुस

शनिवार, माघ २२, २०७८

२०७८ माघ २२/ पेट्रोलियम पदार्थको मूल्यवृद्धि र एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मशाल जुलुस निकालेका छ । अनेरास्ववियुले काठमाडौंको शंकरदेव क्याम्पसबाट मशाल जुलुस निकालेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो । प्रर्दशनका क्रममा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, महङ्गी नियन्त्रण गर, एमसीसी खारेज गरे लगाएका नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनतालाई कर थपेर सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च बनाएको आरोप लगाउनुभयो । करको मूल्य बढाएर जनताको जीवनयापन थप कष्टकर भएको भन्दै उहाले जनताको चूलो निभाएर बालुवाटार हास्न नसक्ने बताउनुभयो । उहाले निगमभित्रको बेतिथी अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले एमसीसी मुलुकको हित बिपरित रहेकाले यसलाई पारित गर्न नहुने जिकिर गर्नुभयो । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । यता नेकपा एकीकृत समाजवादीले पनि एमसीसीलाई यथावस्थामा अघि बढाउन नहुने बताउदै आएको छ ।

सम्बन्धित खबर