बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गुठी समस्या तत्काल समाधानका गर्न सरकारसमक्ष माग

शनिवार, माघ २२, २०७८

२०७८ माघ २२/ श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरीका स्थानीयहरुको गुठी समस्या तत्काल समाधानका गर्न सरकारसमक्ष माग गरेको छ । समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले तत्काल मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर समस्या समाधान गर्न आग्रह गरेको हो । साथै, समस्या समाधान नभए आफूहरु सरकारलाई नागरिकता बुझाउनसमेत पछि नपर्ने समितिले चेतावती दिएको छ । कार्यक्रममा बोल्दै गुठी संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले सरकारको दमन गर्ने नीतिको विरुद्धमा आफुहरु निरन्तर लागिरहने बताउनुभयो । जनताको स्वामित्वमा रहेको घर÷बारीलाई श्री ५ को वायु गुठी नापीबाट रैथानको पूर्जि दिएको भन्दै उहाले हचुवाको भरमा खडा गरिएको मोही मान्य नहुने उहाले बताउनुभयो । कार्यक्रममा बोल्दै गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले उक्त समस्या समाधानको लागि आफुले धेरै प्रयत्न गरेको स्मरण गर्दै गुठी ऐनलाई परिमार्जन नगरेसम्म अहिलेको समस्या समाधान नहुने धारणा राख्नुभयो । त्यस्तै निलकण्ठ–११ का वडा अध्यक्ष तिलक थापा, नेत्रावती डोबजोङ गाउँपालीकाका अध्यक्ष दुर्गानारायण शाक्य लगाएतले जनताको समस्या समाधान हुनुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित खबर