बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसिसीमा रहेका राष्ट्रहित बिपरित प्रावधानलाई हटाउनुपर्ने

शनिवार, माघ २२, २०७८

२०७८ माघ २२/ नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अमेरिकन सहयोग परियोजना (एमसिसी)मा रहेका राष्ट्रहित बिपरित प्रावधानलाई हटाउनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेससङ्गठन नेपालको काठमाडौँ जिल्लास्तरीय प्रथम भेलालाइ शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाले एमसीसीमा राष्ट्रको हितमा नभएका केही राष्ट्रघाती बुँदा भए त्यसलाई हटाउनुपर्ने बताउनुभएको हो । उक्त परियोजना संसद्मा कसरी प्रस्तुत गर्ने, सामान्य बहुमत वा दुई तिहाइ मतले पारित गर्नुपर्ने विषय प्रस्ट नभएकाले त्यससम्बन्धी कार्यविधि बनाउनुपर्ने उहाले बताउनुभयो । उहाले (एमसिसी) का राम्रा÷नराम्रा दुवै पक्षलाई सन्तुलित ढङ्गले अनुसन्धान गरी यथार्थपरक विषयवस्तुलाई पत्रकारले जनतासमक्ष ल्याउनुपर्ने बताउनुभयो । उहाले एमसीसीका आधारमा गठबन्धन नतोडिने दावी गर्नुभयो । प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने उहाको भनाई छ ।सङ्गठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले सङ्गठन देशैभर विस्तारका क्रममा रहेको उललेख गर्दै पत्रकारको व्यावसायिक हकहित र अधिकार संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उपाध्यक्षद्वय सन्तराम बिडारी, विश्वमणि सुवेदी, महासचिव भूपराज खड्का लगायतले उक्त सङ्गठनमा आबद्ध सञ्चारकर्मीको आचरण र व्यवहार सामाजिक हुनुपर्ने, समाजप्रति जिम्मेवार, जनताको सेवा गर्ने भावना तथा चिन्तनको विकास गरी अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा भीम लामाको नेतृत्वमा १७ सदस्यीय काठमाडौँ जिल्ला कमिटी गठन गरिएको छ ।

सम्बन्धित खबर