बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालको एयरपोर्टमा चोरीका घटना वढ्दै

शनिवार, माघ २२, २०७८

२०७८ माघ २२/ नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वाट बहुमुल्य सामान चोरी हुने घटना वढ्न थालेका छन । हुनत विमान स्थल वाट सामान चोरी हुने घटना पुरानो भने होइन तर ग्यालेक्सी फोर के टेलिभिजनमा आउने नेपालकै चर्चित यथार्थ परक टेलिभिजन कार्यक्रम सिधाकुरामा स्थान पाएसँगै चोरी बिषय अझ्झ चर्चामा आएको हो । कार्यक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले तिन महिनाको डाटा वताउँदै चोरी र सामान ड्यामेजका घटनालाई एकै ठाउँमा राखेको बताउनु भयो । उहाँको अभिब्यक्ति सुन्दा चोरीका घटना प्रति विमान स्थल संवेदनशिल नभएको बुझिएको छ । चोरी र ड्यामेज सामान एकै क्यटागोरीमा राखीनु उचित देखिदैन । कार्यक्रममा वोल्दै प्रवक्ता सिटौलाले विमानस्थल भित्र कडा सुरक्षा ब्यवस्था रहेको, हरेक स्थानमा सिसि क्यामेराले निगरानि गर्ने कुराको दावि गरिरहदा पिडित यात्रुले भने सिसि क्यामेरा चेक गर्दा लगेज जहाज सम्म लाने वाटोको भिडियो भने क्लियर नभएको अभिब्यक्ति दिनुभएको थियो । जस्ले गर्दा चोरीको भागबन्डामा विमानस्थलका उच्च पदस्थ कर्मचारीसमेतको मिलेमतो रहेको आसंका गर्न सकिन्छ ।

सम्बन्धित खबर