बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सुरक्षाकर्मी परिषद् नेपाल द्वारा एमसीसी सम्झौताखारेज गर्न माग

शुक्रवार, माघ २१, २०७८

२०७८ माघ २१/ पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी सम्झौताखारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद् नेपालले एमसीसी तत्काल खारेज नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ । एमसीसी देशहितमा नभएको र बहु–विवादित भइसकेकाले खारेज गर्नुपर्ने परिषद्को भनाई छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले एमसीसीलाई मुलुकको हितमा नरहेको बताउनुभयो । उहाले एमसीसी पास गरेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै नेपालीले कारवाही गर्ने चेतावनी दिनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदिप ज्ञवालीले अमेरिकामा ८ वटा सम्झौता गरेर लुकाएको उहाले आरोप लगाउनुभयो । परिषदका उपाध्यक्ष खगेन्द्र बस्नेतले सम्झौता पास नर्गन सरकारलाई खबरदार र नेपाली जनतालाई सचेत गराउन आफूहरुले खोजेको बताउनुभयो ।

सम्बन्धित खबर