बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सबैको सहमतिमा एमसीसीलाई अघि बढाउने तयारी

शुक्रवार, माघ २१, २०७८

२०७८ माघ २१/ परराष्ट्रमन्त्री डा नारायण खड्काले सबैको सहमतिमा एमसीसीलाई अघि बढाउने बताउनुभएको छ । शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मन्त्री खड्काले बिभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका भन्दै सवैको सहमतिमा नै यसलाई अघि बढाउने बताउनुभएको हो । उहाले एमसिसी गरिवी न्युनिकरणको लागी अमेरिकाले दिएको एउटा पारीयोजना मात्र रहेको जिकिर गर्नुभयो । एमसिसी परियोजना नेपालमा लागु भए नेपालमा बिधुत उत्पादन अत्याधिक हुने र उक्त बिधुत बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने उहाले बताउनुभयो ।कार्यक्रममा बिभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।

सम्बन्धित खबर