शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

पारदर्शीता र जवाफदेहीताका लागि पालीकाहरुमा भएका समितिलाई क्रियाशिल गराउनुपर्ने

शुक्रवार, माघ २१, २०७८

२०७८ माघ २१/ सरोकारवालाहरुले बिभिन्न पालीकाहरुमा भएका समितिलाई क्रियाशिल गराउनुपर्ने धारणा राखेका छन् । स्थानीय सरकार र स्थानीय नागरिककाबीचमा पारदर्शीता र जवाफदेहीताका लागि पालीकाहरुमा भएका समितिलाई क्रियाशिल गराउनुपर्ने उनीहरुको भनाई छ । एशिया फाउन्डेसन र सामुदायिक सारथी संस्थाले शुक्रबार काठमाडौंमा गरेको सुशासन र जवाफदेहीता प्रवद्र्धनका लािग स्थानीय समितिको भूमिका बिषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले स्थानीय बिकास निर्माणमा नागरिक अनुगमनमा पनि जोड दिएका छन् । बिभिन्न पालीकाहरुमा समिति गठन भएपनि परिचालनमा अन्यौलता देखिएको पनि धारणा राखेका थिए । कार्यक्रममा सामुदायिक सारथीका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीले स्थानीय तहको सहज सञ्चालन र पारदर्शीताका लागि समितिलाई क्रियाशिल गराउनुपर्ने बताउनुभयो । उहाले कतिपय बिषयहरुलाई केन्द्रीकृत गर्न खोज्दा संघीय संरचनाका आधारमा पालीकाले पाएको अधिकार समेत खुम्चिने देखएको धारणा राख्नुभयो । स्थानीय तहलाई बलियो र थप अधिकारयुक्त बनाउनका लागि निष्कृय समितिलाई क्रियाशिल बनाउनुपर्ने सामुदायिक सारथीले जनाएको छ ।

सम्बन्धित खबर