शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

राष्ट्रिय सभा विशेष पुस्तक सार्वजनिक

शुक्रवार, माघ २१, २०७८

२०७८ माघ २१/ संघीय संसद सचिवालय संसदमा समिति प्रणाली (राष्ट्रिय सभा विशेष) पुस्तक सावजनिक गरेको छ । संसदमा समिति प्रणालीको अवधारणा तथा अभ्यास लगाएतका विषय समेटेर पुस्तक प्रकाशन गरिएको संसद सचिवालयले जानकारी दिएको छ । सङ्घीय संसद् सचिवालयले प्रकाशन गरेको कूल १७६ पृष्ठको सो पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत गहन अध्ययन गरको १० व्यक्तित्वका लेखहरु समावेश छन् । पुस्तकमा समिति प्रणालीको विकास र अन्तरराष्ट्रिय अभ्यासको नमूनाका रुपमा अष्टे«लिया, अमेरिका र भारतको संसदीय समिति प्रणालीका विषयलाई पनि समेटिएको छ । संसद सचिवालयका महासचिव भरत गौतमले संसद्का साथै संसदीय समितिहरुको गतिविधिलाई प्रभावकारी बनाउनका लागी भएका प्रयासलाई लेखका रुपमा समावेश गरिएको जानकारी दिनुभयो । त्यस्तै राष्ट्रियसभाका सचिव तथा पुस्तकका सम्पादक राजेन्द्र फुयाँलले पुस्तकमा संसदीय समितिहरुले स्थापित गरेका अभ्यास, चुनौती र आगामी बाटो तय गर्नका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो । यसअघि शुक्रबार नै शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तकको बिमोचन गर्नुभएको थियो ।

सम्बन्धित खबर