बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राखेपका बोर्ड सदस्यहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग

बिहिवार, माघ २०, २०७८

२०७८ माघ २०/ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् । राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् । यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो । तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन । बोर्डका सदस्य एकेन्द्र कुँवरले राखेपमा देखिएको अन्यौलतालाई अन्त्य गर्न बोर्ड बैठक बोलाउन माग गरिएको बताउनुभयो । उहाले राखेपमा निकास दिन खेलकुदमन्त्रीले भूमिका खेल्ने विश्वास गर्नुभयो । ७ महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

सम्बन्धित खबर