शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

एक सय १२ नम्वर पिलर बगाए पछि त्यस आसपासमा स्पोर निर्माण

बिहिवार, माघ २०, २०७८

२०७८ माघ २०/ मेची खोलाको कटानले नेपाल भारत सिमाको एक सय १२ नम्वर पिलर बगाए पछि त्यस आसपासमा स्पोर निर्माण सम्पन्न भएको छ । कचनकवल गाउँपालिकाको आठ लाख र स्थानीयको दश प्रतिशत अनुदानमा २४ मिटर लामो स्पोर निर्माण सम्पन्न भएको हो । यसैपालि मेची खोलामा आएको बाढीले सिमा स्तम्व एक सय १२ नम्वर पिलर बगाएको थियो । अन्तराष्ट्रिय नियम अनुसार बोडर पिलरको ५० मिटर बाहिर मात्र तटवन्ध र विकास निर्माण गर्न सकिने नियम अनुसार पिलरको उत्तर तर्पm स्पोर निर्माण गरिएको जनाईएको छ । १२–१२ मिटर गरि तीन तहमा निर्माण गरिएको सो स्पोरले कचनकवल ६ पाठामारी गाँउ नदि कटानबाट सुरक्षित रहेको इन्जिनियर अमित ढूङ्गानाले बताउनु भयो । भारतीय सिमा क्षेत्रको दश गजा उत्तरमा निर्माण गरिएको स्पोरले दक्षिण तर्पmको नेपाली भूमि रक्षामा समेत सहयोग पुग्ने बताईएको छ ।

सम्बन्धित खबर