२०७८ माघ १९/ नेपालमा मिसावट भएको नक्कली मह ब्राण्डिङ भएर वजार लिदा किानले उत्पादन गरेको महको वजार संकटमा परेको छ । पछिल्लो समय विभिन्न नाम दिएर मिसावटयुक्त महका विभिन्न ब्राण्डले नेपालको वजार विगारिरहेका कारण मौरी पालन गरेर स्वदेसमै रोजगारी सिर्जना गरिरहेका कृषकहरु संकटमा परेका हुन । नेपालका विभिन्न जिल्लामा मौर पालन गर्ने कृषकहरु वढिरहेको सन्दर्भमा नक्कली महले वजार अेगट्दा आफुहरु चिन्तित वनेको मोरङको होक्लावारीमा मौरी पालन गरिरहनु भएकी ब्यवसायिक महिला कृषक जानुका देवी थापाले सञ्चार मञ्चलाई वताउनु भयो । कृषकले मिहेनत गरेर उत्पादन गरेको सक्कली मह वजार सम्म पुग्दा नक्कली महसँग प्रतिस्पर्धा गर्नुपरेको वताउँदै उहाँले नक्कली मह मुल्यको हिसावमा पनि सस्तो हुने हुँदा प्रतिस्पर्धा गर्न समेत समस्या भएको वताउनु भयो । विगत १० वर्ष देखि मौरी पालन गर्दै आउनु भएकी थापाको जानुका मौरी कृषि केन्द्र वाट पुर्वेली मह वजारमा आउने गरेको छ । मोरङको उर्लावारीमा विगत १३ वर्ष देखि ब्यवसायिक मौरी पालन गर्दै आउनु भएका वोधराज खतिवडाले नेपाल लगायत छिमेकि मुलुकहरुवाट नक्कली महको ब्राण्ड स्थापना गरेर वजार लिइदिदा आफुहरुलाई ब्यवसाय वचाउनै मुस्किल परेको वताउनु भयो । खतिवडा नेपाल मौरी पालन महासंघ मोरङका अध्यक्ष समेत रहनु भएको छ । उहाँ भन्नु हुन्छ सक्कली मह जम्ने हुँदा आम उपभोक्तालाई जम्ने मह खोजि खोजि उपभोग गर्न अनुरोध छ । उर्लावारीमा श्रृजनशील मौरी पालन उद्योग सञ्चालन गर्दै आउनु भएका खतिवडाको श्रृजनशील हनि वजारमा आउने गरेको छ । त्यसै गरी झापाको शिवसताक्षी नगरपालिकामा १८ वर्ष देखि मौरी पालनमा सहभागि देवि कुमारी दाहाल नक्कली महका कारण वजारको अस्वास्थ प्रतिस्पर्धा हुँदा कृषक मारमा परेको वताउनु हुन्छ । मौरी पालनमा राम्रो ज्ञान हाँसिल गर्नु भएकी दाहाल नेपाल सरकारले सम्हान गर्ने राष्ट्रपती उत्कृठ कृषक वाट समेत सम्मानित हुनुभएको छ । उहाँ वास्तविक मह जम्ने हुँदा जमेको मह उपभोग गर्न उपभोक्तालाई अनुरोध गर्दै श्रोत अनुसारको महका आ आफना विषेसता रहने वताउनु हुन्छ । तोरी वालि वाट उत्पाति महले रुघा खोकिमा राम्रो गर्ने गुण हुन्छ भने फापर वालि वाट उत्पादन भएको महले महिलाहरुको महिनावारी देखि पाठेघरको समस्यामा राम्रो गर्ने साथै सूर्यमुखीको बालि वाट उत्पादन भएको महले टाउको दुःखाइमा रहत दिने पनि मौरी कृषक तथा मौरी विज्ञ दाहालले वताउनु भयो । मौरी चरनको समस्याका बारेमा वताउँदै दाहाल थप्नु हुन्छ मौरी चरनका लागि झापा जिल्लामा अधिक जमिन वाँझै हुने हुँदा चरनका लानि पश्चिम नेपालको चितवन हुँदै दाङ सम्म चरनमा पुर्याउनु परेको साथै मौरी चरन वाट वालिको फुल झर्ने तथा फल कम लाग्ने कृषकमा भ्रम रहेको हुँदा सामाजिक रुपमा पनि गाह्रो हुने गरेको छ। मौरी चरेका वालिहरुको उत्पादन घट्ने नभई पराग सेचन राम्रोसँग भएर उत्पादन बढ्ने वैज्ञानिक पुष्टि छ । जस्ले गर्दा फुल जन्य वालिको राम्रो उत्पादन लिनका लागि परागसेचनको भुभिका अपरिहार्य रहेको छ । त्यसैले विषादी प्रयोग समेत घटाउन आवश्यक रहेको सतासी महिला मौरी पालन सहकारीकी अध्यक्ष धनमायाँ थापाको भनाई छ । देवि दाहाल, धनमायाँ थापा र अन्य महिलाहरुको साझा प्रयास वाट सञ्चालनमा आएको श्री सतासी महिला मौरी पालन सहकारीले पनि झापा वाट वार्षिक ६० टन मह उत्पादन तथा प्रसोधन गरेर सतासी हनि वजारमा ल्याएको छ । झापाको सुरुङ्गामा भुवन अधिकारी, सुजन गौतम र एकल महिलाहरु ब्यवसायिक मौर िपालनमा सहभागि हुनुहुन्छ भने झापाकै अर्जुनधारा नगरपालिका वाट गणेश खरेल विर्तामोड वाट राजु श्रेठ लगायत झापा, मोरङ, सुनसरी, चितवन लगायत देशका विभिन्न स्थान वाट कृषकहरुले ब्यवसायिक मौरीपालन ब्यवसाय गर्दै मह उत्पादन हुदै आएको छ ।