बुधवार, मंसिर १९, २०८१
Sancharmanch

वडा अध्यक्षको पहलमा शिवगञ्जमा वन्यो सार्वजनिक सौचालय

बुधवार, माघ १९, २०७८

२०७८ मघ १९/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ को शिवगञ्ज वजारमा वडा अध्यक्ष मनोज खुलाल कार्कीको पहलमा सार्वजनिक सौचालय निर्माण भएको छ ।
शिवसताक्षी नगरपालिकामा पर्ने झापा जिल्लाको पुरानो वजार शिवगञ्ज मा हरेक आइतवार र वुधवार हप्ताको २ पटक हाट लाग्ने गर्छ । हटिया भर्न आउने नागरिकहरुका लागि सार्वजनिक सौचालयको ब्यवस्थापन नहुँदा वजार प्रदुसित हुने समस्या विकराल थियो । २०७४ सालमा जव स्तानिय तहको निर्वाचन भयो त्यस पछि भने आम नागरिकको आवश्यकता संवोधनको सुरुवात मध्येको एउटा नमुना तथा उदाहरणको रुपमा शिवसताक्षी नगरपालिका वडा नं। ६ को शिवगञ्ज वजारमा निर्माण भएको सार्वजनिक सौचालयले प्रस्तुत गरेको छ । झापा जिल्लाकै पुरानो वजारको रुपमा परिचित शिवगञ्ज वजारमा सार्वजनिक सौचालय नहुँदा हरेक हप्ताको आइतवार लाग्ने हाट भर्न आउने नागरिकहरुलाई निक्कै असजिलो अवस्था थियो । सार्वजनिक सौचालय नहुँदा वातावरणिय प्रदुषणको सास्ति ब्यहोर्न वाध्य शिवगञ्ज वजारवासी नागरिकहरुलाई यतिवेला भने निक्कै सहज भएको छ । वडा अध्यक्षको सकृयतामा वडाका जनप्रतिनिधीहरुको साझा योजनाको रुपमा सार्वजनिक सौचालय निर्माण भए पछि निक्कै सहज भएको वताउनु हुन्छ स्थानिय स्थानिय रञ्जु भेटवाल खतिवडा । सार्वजनिक सौचालय निर्माणकालागी वडाले विनियोजन गरेको वजेटले अपुग भए पछी नगर वाट थप सहयोग लिएको वडा सदस्य बद्री नाथ खनाल ले जानकारी दिनु भयो । हरेक हप्ताको २ पटक लाग्ने हाट वजारमा सार्वजनिक सौचालय अत्यावश्यक भएका कारण निर्माण गरिएको वडा सदस्य उषा देबि खड्का ले जानकारी दिनु भयो । वडामा जनप्रतिनिधीहरु निर्वाचित भए पछि सार्वजनिक महत्वका धेरै अधुरा कामहरु सम्पन्न भएको वताउँदै सोहि अनुसार सार्वजनिक सौचालय निर्माण भएको अर्की वडा सदस्य नरमाया परियारले वताउनु भयो ।हरेक हप्ता लाग्ने हाट वजार उठिसकेपछि फोहोर मैलाको सास्ति ब्यहोरेका स्थानिय नागरिकहरु सार्वजनिक सौचालय निर्माण भएसँगै फोहोरको सास्तिवाट मुक्तभएका छन । वजारलाई अत्यावश्यक भएको सार्वजनिक सौचालय निर्माणहुँदा आवश्यकताको संवोधन भएको वताउनु हुन्छ २०५६ साल वाट शिवगञ्ज वजारमा वसोवास गर्दै आउनु भएका स्थानिय रामकृष्ण सिटौला ।

शिवगञ्ज वजारमा निर्माण भएको सार्वजनिक सौचालयले वजारको सुन्दरतामा निखारपन ल्याएको छ । साप्ताहिक हाट भर्न आउने नागरिकहरुका लागि सौचालयले निक्कै राहत पुगेको वताउँदै शिवसताक्षी नगरपालिका वडा नं। ६ का जनप्रतिनिधीहरुले राम्रो काम गरेको वताउनु हुन्छ, नेपाली कांग्रेस शिवसताक्षी नगरपालिका वडा नं. ६ का सभापति भिम प्रसाद ताजपुरीया ।

शिवसताक्षी नगरपालिका वडा नं. ६ मा पर्ने शिवगञ्ज वजारमा सार्वजनिक सौचालयको आवश्यकता भए पनि जमिन ब्यवस्थापनको समस्या रहेको थियो । जव वडाको निर्वाचन सम्पन्न भयो जनप्रतिनिधीको आगमन पश्चात उद्योग वाणिज्य संघसँगको अनुरोधमा जमिन ब्यवस्थापन गरेर सौचालय निर्माण गरेको वताउनु हुन्छ वडा सदस्य लक्ष्मि प्रसाद गुरागाई ।

नगरपालिकाको २ लाख र वडाको ५ लाख वजेट ब्यवस्थापन गरेर निर्माण गरिएको सौचालयले पुरानो वजारमा वजारको सुन्दरतामा थप उर्जा मिलेको देखिन्छ । वजार भर्न आउने नागरिकहरुलाई लक्षित गरि वडाको योजनामा सौचालय निर्माण भएको वताउनु हुन्छ युवा वडा अध्यक्ष मनोज खुलाल (काकी) । स्थानि सरकार विषेस गरेर शिवसताक्षी नगरपालिका वडा नं। ६ का जनप्रतिनिधीको अग्रसरतामा निर्माण गरिएको सार्वजनिक सौचालय अन्य पालिकाहरुका लागि एउटा नमुना उदाहरण वनेको छ । हप्तामा २ पटक लाग्ने हट वजार ब्यवस्थापनका लागि आवश्यकताको संवोधन गर्दै वडाले सञ्चालन गरेको योजनाले स्थानिय सरकार हुनुको महत्व झल्काएको छ ।

सम्बन्धित खबर