बुधवार, मंसिर १९, २०८१
Sancharmanch

आत्महत्या

बुधवार, माघ १९, २०७८
सम्झना उप्रेती (प्रवास)

२०७८ मघ १९ / दशै एकदमै नजिकै आईसकेको थियो गाऊमा घरहरु रंगिने कामहरु धमाधम भैरहेका थिए । बर्समा एकचोटी आऊने चाडबाड पैले पैले त टाढा टाढा गएका परिवार तथा आफन्तहरु पनि दशैमा टुप्लुक्कै आईपुग्थ्ये तर अ‍ैले हरेक घरमा कोही न कोही परदेशीएका छन बाध्यता वा रहर जे भएपनि बिदेशीने क्रम जारी नै छ अनि यो कोरोनाले गर्दा सबैजना दशैमा घर आऊन पाएकै छैनन् त्यसैले पनि पैले पैले को जस्तो रौनक त छैन तै पनि दशै मलाईचाही एकदमै मन पर्ने चाड हो । बुवा आमाको मायाले भरीएका आशिर्बादहरु थापेसंगै टिका लगाएर पिगं खेल्नुको मज्जानी बेग्लै छ । घटस्थापनाको दिन जमरा राख्यौ माया‘हाम्रो मा त आमाले आज राख्नु हुव्छ भन्दै मलाई भेट्न आएकी थि सरला मेरी सबै भन्दा मिल्ने साथी..धेरै डराएकी जस्ति देखिन्थ्यी । दुब्लाएर हड्डी र छाला मात्र कि देखिन्थ्यी । त्यती राम्री खाईलाग्दी स्याऊ जस्ता गाला भएकी त्यो पहिलेकी चन्चले बोलीरहनु पर्ने सरला बिल्कुलै फरक कोही संग बोल्न मन नपराऊने भईछे । देख्दानै बिरक्त लाग्ने मेरी प्यारी साथीको जिवन किन यस्तो भयो हे भगवान । देख्ने बितिकै मन थाम्नै सकिन अगांलो हालेर रोए ‘कराए ऊस्लाई यो के हालत बनाईस भनेर । तर ऊस्को मुख बाट एक शब्द निस्किएन..बस् अुासुका धारा बहाईरहि अनि भन्दै थिई । हेर माया अब मेरो जिबनको केही टुग्गो छैन‘हाम्रो नर्सिगं सकाएपछि एऊटै अस्पतालमा काम गर्ने त्यो योजना पनि सबै भताभुग्ग हुनेभयो ।‘.चुपलाग सबै पुरा हुन्छ म पनि अकंल आन्टीलाई भेटेर संम्झाऊछु ‘भएन भने तिमीहरु भागेर बिबाह गर त्यो बुडो मान्छेसंग गर्नु भन्दा त ‘म पनि सकेको मद्दत गर्छु तिमूहरुलाई‘‘हेर माया तैले भने जति सजिलो भएको भए मेरो यस्तो हालत हुन्थ्यो होला ‘भागेर गईस भने त हाम्रो लागी मर्छेस् जिन्दगीभर माईती संम्झेर आऊन पाऊन्नस् अनि तेरो नाठोको पनि के आलत बनाऊछु म…… तैले सोच्न सक्दिनस् भन्नुहुन्छ दाई । मलाई जे गरे पनि सहुला तर… तर महेसलाई केही भयो भने मत ज्युदै मर्छु त्यै भएर म भागेर जानै सक्दिन ‘ऊस्लाई संम्झाएर ऊ सम्झिने परिस्थितीमै थिईन..। दशैमा खुसीयामी मनाऊनु पर्नै समयमा हामीले रोएरै बितायौ त्यो साझपख खै अब कैले भेट हुनेहो त संग भन्दै म संग बिदा लिएकी थिई मेरी प्यारी सरलाले । ऊस्को ममि लाई एकचोटी फोन गर्ने सोच बनाएर फोन गरे ऊस्को घरमा..बुवाले ऊठाऊनु भयो फोन ..सरला लाई घरी घरी फोन गरेर तिमीहरुले ऊक्साऊन नखोज नत्र राम्रो हुने छैन नानी राख फोन भनेर फोन काटीदिनु भयो अंकलले ‘आफ्नो छोरीलाई जानी जानी मृत्युको मुखतिर धकेल्दै थिए । सरलाका परिवार‘.कति गार्हो छ है छोरी भएर जन्म लिनलाई अरुको ईसारामा जिबन जिऊनु पर्ने ‘.म जस्ताको कुरा के सुन्थ्ये र ऊनिहरु छोरीको तेस्तो हालत भएको पचाऊन सक्नेहरु‘.करीब दुई हप्ता जति बितेको थियो ‘दशैले बिदालिदै थियो गाऊ सुनसान हुन थालीसकेको थियो अनि ति राता अक्क्षताले भरिएका निधारहरु रित्ता भईसकेका थिए‘बेलुकापख तेस्तै ५÷६ बजेको हुनुपर्छ, सुर्य अस्ताऊनु भन्दा अगाडी देखिने त्यो पहेलो आकास हेरेर घरको छतमा टोलाईरहेकी थिए ‘तलबाट ममिले छोरी तेरो फोन आको छ सरलाको भनेर बोलाऊनु भयो ‘.दौडेर तल गएर फोन ऊठाए‘.हेलो सरला‘.हाई माया ..मलाई भेट्न मेरो घर आईज न कस्तो तेरो याद आयो कति धेरै कुरा तलाई भन्नु छ ..मलाई घर बाहीर निस्कनै दिनु भएको छैन‘प्लीज आईज ल ‘सरला म ऐले नै आऊछु फोन राख त्यहिँ आएपछि कुरा गरौला……फोन राखेर ममिलाई म सरलाको मा गएर आईहाल्छु भनेर गए..ऊस्को र मेरो घरको दुरी त्यै १० मिनेट जतिको थियो ‘हतारीदै गए ऊस्को ममि हुनुहुन्थ्यो घर बाहिर नमस्कार गरेर सरासर सरलाको कोठामा गएर ढोका ढक्ढक्याऐ‘. ढोका खोली दशैमा हातभरी चुरा राम्रो लुगा र ऊज्यालो मुहार हुनुपर्ने सरलाको हालत पुरै सुकेनास लागेकी जस्ती ऊजाड देखिन्थ्यी सरला‘.रोएर आखा पुरै सुन्निएका थिए ‘त्यो दिन ऊ भन्दै थिई‘..मन एकदमै हतासिएको थियो,कतै केही बिर्सै जस्तो केही चिज हराएजस्तो अथवा कसैलाई खै ? के भन्न बिर्सीएजस्तो,केही छूटे जस्तो मन त्यसै बेचैन छटपटाईरहेको थियो, फोनको घन्टी ले एकछिनको त्यो तड्पाई भग्ग गरीदियो फोन ऊस्कै थियो, हतार हतार उठाए हेलो कता छौ, म आतीएको सूनेर ऊसले सोध्यो तिमी ठीक त छेऊ किन यस्तरी बोलेको…..या‘ घरमा तिम्रो र मेरो बारेमा सबैलाई थाहा भै सक्यो ,बूवा त रिसले चूरमूरीनू भा छ, सबै ईजत फाल्ने भई भन्दै ठूलठूलो श्वरले कराऊदै हूनूहून्थ्यो, दाईले त मलाई…..हूँ हूँ हूँ,बोल्नै सकिन भकान्निएर…..दाईले …भनन् प्लीज म त अहिले आएर भगाएर लैजाऊ जस्तो भो, तिमी नडराई बोलन….म छू सब ठीक हून्छ ढूक्क भएस…अलि बोल्ने आट थपिए जस्तो भो….आबेसमा आएर दाईले मलाई बेसमारी पिट्नू भयो ,धन्न आमाले छेक्नू भयो नत्र के हून्थ्यो थाहाछैन……आजसम्म कसैको गाली गलोच खानू परेको थिएन….मेरो कूरो टूग्गीन नपाऊदै, रिसाएर भन्न थाल्यो आफ्नो चेलीबेटी लाई सम्झाऊनूको सट्टा त्यसरी पिट्न तिम्रो दाईको आँत ले कसरी मान्यो होला ,चाडबाडका बेला त्या माथी हूर्केकी बैनीको शरीरमा हात हाल्न थूक्क तेत्रो प्राध्यापक जस्तो मान्छे नामर्द रैछन् अनि दाईले पनि आफू भन्दा तल्लो जातकों भाऊजू ल्याऊनू भाछत त्यतीबेला समाजले केही भनेन रे झन धूमधामसंग बिहे गरेर भित्राएको हैन????…मसंग त्यसको के ऊत्तर हूनू र??बूवाले भनेको दाई छोरो मान्छेरे जे गरेनी केही हून्न, घरको ईज्जत छोरीको हातमा हून्छरे ……थूईक्क हाम्रो समाज…एऊटै घरमा यति बीवेध,,,पख् म तिम्लाई लिन आऊछू तिमी तयार भएर बस केही समय ईन्डीया गएर बसौला अनि सबै साम्य भएपछि आऊला…..
अनि म कसरी निस्कनू घरबाट मलाई बन्देज लाऊनू भाछ । घरबाट निस्कीन त परै जाओस …ममी यही म सगै सूत्नू हून्छ अब तिमी भन कसरी निस्कू…म त पागल हून लागीसके हेर यहाँ घरमा मेरो सूटूक्क बिहे गर्दिन लागेका छन् यदि त्यो बिहे पक्का गर्नू भया भने म यही सूसाईड गरेर मर्छू…तिम्रो नामको सिन्दूर लगाएर….बूवाको साथी कलेज पढाऊने बूढोसंग कूरो चल्दैछ । बूढी मरेकी रे एक बर्स अगाडी…..यदी म तिम्री हून सकिन भने अनि त्यो बाऊ सरहसंग बिहे गर्नू पर्यो भने मरेकै बेस…भकाक्नीन थालेछू…भनेपछि कूरा त्या सम्म पूर्याईसकेका रहेछन् । के गरौ तिमी नै भनन् बिचरा तिमीमाथी के बितेको होला ….के गरौ गरौ म त सोच्नै सकिन …हेर महेस तिमी चिन्ता नलेऊ । म तिम्लाई पछि टेक्स गर्छू ममि आऊनू भो हतपत्त फोन राखे….फेरी त्यो दलित ले फसाऊन फोन गरो तलाई ? कति भन्नू …फोन नगर भन त्यसलाई मार्लान दाईहरूले फेरी…सबैकूरा बिर्सिएर बूवाले भनेको केटासंग बिहे गÞर भोली या तलाई हेर्न आऊदैछन् फेरी कूरा बिगार्लिस ? ध्यान राखेस….दाईले आफैले तल्लो जातको संग बिहे गर्दा केही भएर ,मैलाई मन परेको मान्छे तल्लो जातको पर्यो त म के गरू ? माया पनि जात पात ,दर्जा हेरीने होर आफै कतिबेला हुन्छ थाहै हुन्न । त्यो जातले मलाई के फरक पर्छ त ऊ नी मान्छे म नी मान्छे,त्यो बूढी मरेको म भन्दा दूईगूणा बढी उमेर भएका बूढासंग गर्नू भन्दा त मर्नू बेस, बिहे मात्रै ठूलो कूरो होर मन नपरेको मान्छे संग कसरी जूनि बिताऊनू ? …
चूपलाग बढी बोल्छे मैले तेरो बूवालाई कैले देखेको थिएर? खै अ‍ैले सम्म सबै राम्रो छत सबैकूरा ठिक हूदै जान्छ समयसंगै ‘.बिहे पछि बिस्तारै बिस्तारै माया बढ्दै जान्छ ।ऊमेर बढी भएर के हुन्छ । पैले तेरी हजुर आमाको बिहे हुदा जम्मा ७ बर्षकी हुनुहुन्थ्यो रे ‘हजुरबुवा १७ बर्षको ‘.
राम्रो कमाई थाई जागीर ..बसी बसी खान पाऊछेस तैले ‘अनि बसी बसी खान पाएर के गर्नु मन नपरेको मान्छे संग म त मर्छु बरु तर बिहे गर्दिन । मेरो जिन्दगी अनि यति ठुलो निर्णय मैले लिन नपाऊने भए । अरुको जिन्दगी अरुको खुसीमै जिन्दगी बिताएर जिऊदो लास भएर बककाच्नु भन्दा त बरु बिष दिनु आमा हजुरकै हातले म हककासी हककासी खाईदिन्छु‘.चुप अशुभ बोल्छेस । अरु केही थाहा छैन अब मैले माने भने पनि बुवाले तेरो कुरो मरे मान्नु हुन्न ‘मेरो कुरा सुन्नु हुन्न ऊल्टै कुटुला जस्तो गर्नु हुन्छ ‘अब बुझ तेरो भाग्यमा यस्तै लेखेको रहेछ । ‘बस आखाबाट अुासुका धारा बहन बाहेक अरु केही गर्न सक्दिनथ्ये ..ऊस्का कुरा सुनेर रुन बाहेक अरु केही गर्न सकिन मैले । त्यही नै थीयो सरला र मेरो अन्तिम भेट ।
छुट्ने बेला चिठी दिदै भनि यो महेसलाई देल ‘। चिठी भिजेको थियो सायद ऊसले रुदै लेखेकी थिई । जतन गरेर चिठी पकेट भित्र राखेर म घर लागे‘एकदिन यतिकै सोफामा सुतेर समाचार हेर्दै थिए‘समाचार बाचिका ले भन्दै थिईन् कि हरिबजारमा हिजोराती एकजना सरला पान्डे नाम गरेकी २३ बर्सिय युवतिले सुसाईड नोट छोडेर आत्महत्या गरेकी छन सुसाईड नोटको अनुसार ऊनको एक दलित संग प्रेम भएको र घर परिवारले अस्विकार गर्दै आफु भन्दा १५ बर्ष बुढो संग बिहे पक्का गरिदिएपछि ऊनले आत्महत्याको बाटो रोजेकी हुन र ऊनका परिवार नै ऊनको मृत्युको जिम्मेवार हुन भनिएको छ..। त्यती समाचार सुनेको मात्र याद छ त्यसपछि होसमा आऊदा अस्पलालको बेडमा थिए म । बेहोस भएर ढलेछु पछि ममि ले अस्पताल लैजानु भएको रहेछ ।
अुाखीर कैले सम्म हामी छोरी मान्छेले यस्तो सहने..किन बन्दैनन् छोरीको लागी कानुन..किन ऊठ्दैनन् आवाजहरु..समाजमा हजारौ छोरी चेलीहरु यि यस्तै कुरा सहन नसकेर मृत्युको बाटो रोजीसकेका छन । त्यै पनि किन फेरीदैन हाम्रो सोच । एऊटै आमाको कोखबाट जनन्मिएर ‘एऊटै आमाको दुध खाएका छोरा र छोरी माथी यति बिबेध किन?हजारौ लाखौ छोरीहरुले मृत्युको बाटो रोजीसकेका छन त कोही मारीएका छन तर पनी यो समाज,घर अनि परिवारको सोच अझै बदलिन सकेको छैन।मानिसहरु धैरै पढेलेखेका छन पहिले भन्दा तर समाजमा हुने अत्यचार र हिंसा दिनहु बढीरहेको छ । तर हामी सब चुपचाप रमिता हेरीरहेका मात्रै छौ

सम्बन्धित खबर