शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

पहिलो पटक लालपूर्जा वितरणको प्रक्रियाका लागि भूूमिको निस्सा वितरण

मङ्गलवार, माघ १८, २०७८

२०७८ माघ १८/ चितवनको भरतपुर महानगरमा पहिलो पटक लालपूर्जा वितरणको प्रक्रियाका लागि भूूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरको वडा नम्बर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरेको हो । एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहाल, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र वडा नम्बर १४ अध्यक्ष सहितको टोली आफै फिल्डमा खटिएर निस्सा कागज वितरण गरेका थिए । कार्यक्रममा भरतपुरका मेयर रेनु दाहालले आफुहरुले चुनावी बाचा अनुसार जनताको आधारभूत आवश्यकता वासको लागि भूमि वितारण गर्न पाउदा खुसी लागेको बताउनुभयो । उहाले आफुहरुले भरतपुरको विकास नमुना हिसाबबाट गरिरहेको बताउदै जनताको आवश्यकता पुरा गर्नु नै आफ्नो मुख्य जिम्मेवारी रहेको बताउनुभयो । चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो । भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

सम्बन्धित खबर