बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्जुनधारा ३ मा नेतृत्व तथा क्षमात विकास साथै बुटिक तथा कृस्टल चुरा निर्माण तालिम समापन

मङ्गलवार, माघ १८, २०७८

२०७८ माघ १८/ झापाको अर्जुनधारा नगरपालिका ३ मा नेतृत्व तथा क्षमात विकास साथै बुटिक तथा कृस्टल चुरा निर्माण तालिमको समापन भएको छ । ३ नम्बर बडाको आर्थिक सहयो तथा नमुना दिदीबहिनी उपभोक्त समितिको आयोजनामा भएको तालिमको मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । वडाको आर्थिक बर्ष २०७८र७९ को महिला लक्षित कार्यक्रमका लागि बिनियोजित बजेट अन्तर्गत ३ लाख लागतमा तालिम सन्चालन गरिएको ३ नम्बर वडाका सचीव खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो । गोपल गौरी दिगो विकास प्रतिस्ठानले समन्वय गरेको तालिममा नेतृत्व विकास तर्फ सन्चारकर्मी लिला अनमोल र बुटिक तथा कृस्टल चुरा निर्माण तर्फको तालिमलाई सृजना राई र धनमाया पौडेल भण्डारीले प्रशिक्षण दिनुभएको प्रतिस्ठानका केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिनुभयो ।९ दिन सम्म चलेको क्षमता विकास तालिममा ३० जना र १५ दिन सम्म सन्चालन भएको बुटिक तथा कृस्टल निर्माण तालिममा २५ जनाको सहभागीता रहेको थियो । आयोजक नमुना दिदिबहिनी उपभोक्त समिका अध्यक्ष देवमाया चापागाईं शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्यको बिशेष अतिथ्यता थियो । कार्यक्रममा ३ नम्बर वडाका वडाअध्यक्ष जीवन कुमार भण्डारी, नगर कार्यपालिका सदस्य दिलमाया दास लगायतको उपस्तिथि थियो ।

सम्बन्धित खबर