शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

कचनकवलका स्वयम्सेविकाहरुलाई साइकल वितरण

सोमवार, माघ १७, २०७८

२०७८ माघ १७/ झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको हो । स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले नयाँ साइकल वितरण गरेको जनाएको छ । स्वास्थ्य सचेतनाको अभाव रहेको गाउँ–वस्तीमा पुगेर खासगरी बालबालिका र महिलाहरुको स्वास्थ्य सुरक्षामा स्वास्थ्य स्वयम्सेविकाहरुले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै उनीहरुलाई काममा थप प्रेरित गर्न र उनीहरुको कामलाई सहज बनाउन साइकल प्रदान गरिएको गाउंपालिकाको भनाई छ । गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश भएका सातजनासमेत ६८ जनालाई सोमबार एक कार्यक्रमका बीच साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम्सेविकालाई साइकल वितरण गरिएको बताइएको छ । नयाँ साइकल पाउँदा निकै खुशी भएका स्वास्थ्य स्वय्सेविकाहरुले गाउँपालिकाले आफ्नो कामको सम्मान गरेको प्रतिक्रया दिएका छन् । साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको गाउंपालिकाले जनाएको छ । सोही कार्यक्रमका बीच सेवाबाट अवकाश पाएका सातजना स्वयम्सेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद सहित साइकल प्रदान गरेर सम्मान गरिएको थियो ।

सम्बन्धित खबर