बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल हस्तान्तरण

सोमवार, माघ १७, २०७८

२०७८ माघ १७/ नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गर्गुभएको हो । काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. को आयोजनामा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै गृह जिल्ला सुनसरीमा सो पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याबलेट हस्तान्तरण गर्नु भएको हो । इनरुवा नगरपालिकालाई ७ हजार सिटामोल ट्याबलेट, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि तथा बरिस्ठ सञ्चारकर्मी ताविल अन्सारीले जानकारी दिनु भयो । निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहत स्वरुप समाज सेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो । अध्यक्ष अन्सारीले भन्नु भयो,’ यो ट्याबलेटले मानवलाई कोरोनाको कहरबाट ठुलो राहत मिल्छ । देशभर अभाव भएको बेला यसरी सहजै निःशुल्क रुपमा उपलब्ध गराएको छ । हरिनगर बासीलाई उपचारमा सहयोग पुग्छ,’ उहाँले भन्नु भयोे । निःशुल्क सिटामोल हस्तान्तरण गर्दै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले कोभिड–१९ महामारीको बेला र सिटामोल अभाव भएको समयमा भोक्राहा नरसिंह गाउँपालिकाको जनताको हकहित र सेवा गर्ने उद्देश्यको साथ सिटामोल उपलब्ध गरिदिएकामा युवा नेता अन्सारीलाई धन्यवाद दिनु भयो । यसैगरी निःशुल्क सिटामोल हस्तान्तरण गर्दै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले अभावको बेला निःशुल्क सिटामोल उपलब्ध गराइएकोमा धन्यवाद दिनु भएका थियो । उहाँले भन्नुभयो,’ नेपाली कांग्रेसका युवा नेता तथा अयान हेल्थ केयर प्रालिका अध्यक्ष डाक्टर अबुल हुसैन अन्सारी धन्यवादका पात्र हुन् । उहाँले कोशीमा मात्रै हैन देशभर राम्रो काम गर्नुभएको छ । सिटामोल अभाव भएको बेलामा देशैभर उपलब्ध गराउदै हुनुहुन्छ ।

सम्बन्धित खबर