बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वीर अस्पताललाई आईसीयू बेड प्रदान

सोमवार, माघ १७, २०७८

२०७८ माघ १७/ निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई आईसीयू बेड प्रदान गरेको छ । सोमबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थीतिमा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले ३० वटा आईसीयू बेड हस्तान्तरण गरिएको हो । सो क्रममा पोखरेलले निर्मल लामा स्मृति प्रतिष्ठानले निस्वार्थ रुपमा सामाजिक सेवाको काम गरिरहेको जानकारी दिनुभयो । उहाले प्रतिष्ठानसंग रहेका १ सय ५० आइसियु वेड बिभिन्न सरकारी अस्पतालमा हस्तान्तरण गरिने बताउनुभयो । उहाले जनताको निशुल्क स्वास्थ्य सेवा पाउने अधिकारलाई स्थापीत गर्नुपर्ने जिकिर गर्नुभयो ।

सम्बन्धित खबर