बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती ठहरिने

सोमवार, माघ १७, २०७८

२०७८ माघ १७/ नेकपा (एमाले)का नेता भीमबहादुर रावलले एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा जोड दिदै एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताउनुभएको हो । रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराउनुभयो । आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि उहाले बताउनुभयो । उहाले एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई लेखेको स्मृतिपत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि स्पष्ट पार्नुभयो । फरक प्रसंंगमा उहाले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्ने भनेकोेले सोहीअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । नेता रावलले आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति पनि विरोध जनाउनुभयो ।

सम्बन्धित खबर