बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद दिवसले संझायो, सहिद परिवारले राहत पाएनन

आइतवार, माघ १६, २०७८

२०७८ माघ १६/ माघ १६ गते सहिद दिवस । देशभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ। तर, धनकुटाको छिन्ताङ काण्डमा मारिएका सहिदका परिवारले भने राज्यले सहिद र सहिदका परिवारलाई वेवास्ता गरेको गुनासो गरेका छन । २०३६ सालमा पञ्चायती शासनको विरोध गर्दै फरक विचार राखेको भन्दै तत्कालीन सरकारले खोकु, छिन्ताङ र आँखिसल्लाका १६ स्थानीयको हत्या गरेको थियो । हत्या भएको करिब चार दशकपछि सरकारले २०७४ पुसमा राष्ट्रिय सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । राज्यले राष्ट्रिय रूपमा सम्मान गरे पनि त्यसबापत दिइनुपर्ने कुनै सुविधा हालसम्म उपलब्ध नगराएको सहिदपुत्र सोमविर दर्जीले बताउनु भयो । हालसम्म नेपालमा ठूला परिवर्तन भइसक्दा पनि राज्यले छिन्ताङ काण्डका सहिदका परिवारलाई उपेक्षा गरेको सहिद परिवारको गुनासो छ । हत्या काण्डमा मारिनेमध्ये अधिकांशले तत्कालीन शासकका विरुद्धमा भूमिगत शैलीमा संगठन विस्तार गर्दै रहेको अवस्थामा घटना भएको थियो । तत्कालीन सैनिक प्रहरीको ज्यादतीले आफूहरु आतंकित बनेको घटना अझै स्मरणमा रहिरहेको सहिदकी श्रीमती थाममाया राई बताउनु हुन्छ । ४० वर्षसम्म राज्यले उपेक्षा गरे पनि पछिल्लो समय अझ हल्लामा मात्र सीमित पारेर आफूहरूलाई भ्रममा पारेको सहिद परिवारको गुनासो छ। राज्य गम्भीर नभएर सहिदको नाममा गरिएको निर्णय घोषणामा मात्र सीमित बनाइएको उनीहरुको गुनासो छ ।

सम्बन्धित खबर