बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

खादाले जुत्ता पुछ्दा सांसद गुरुङ विबादमा, खादालाई दिए थाङ्नोको संज्ञा

आइतवार, माघ १६, २०७८

२०७८ माघ १६/ ओखलढुंगा प्रदेश क.का सांसद तथा प्रदेश नं. १ का पूवमन्त्री समेत रहेका अम्बिरबाबु गुरुङले गत शुक्रबार सिद्धिचरण नगरपालिकाको ठाडेमा उच्चस्तरीय चक्रपथको दोस्रो खण्ड र खार्ते खोलामा बन्ने मोटरेवल पुलको शिलान्यास गरे सँगै उनि सहभागी उक्त कार्यक्रमका केही तस्विरहरु सामाजिक सञ्जालमा सार्वजानिक भएका छन् ।
उनले गरेका धरै काम राम्रा होलान् तर कार्यक्रममै धर्म र संकृतीलाई लात हान्ने काम गरे पछि उनका तस्विरले सामाजिक सञ्जालमा ब्यापक चर्चा पाएका हुन् । उनले आतिथ्यता गर्दा स्थानीयले सम्मान गरेर लगाइएको खादाले उनले जत्ता पुछेका तस्विर सार्वजानीक भए पछि प्रर्वमन्त्री समेत रहेका गुरुङको सबैतिर आलोचना हुन थालेको हो । निजी सोरुम उद्घाटनमा सरकारी हेलीकप्टर, पत्रकारलाई कुट्ने धम्की तथा एउटै वडामा प्रदेशको लाखौं पठाउने लगायतका विभिन्न विषयमा चर्चा कामाउँदै आएका सांसद गुरुङ एकाएक खादाले जुत्ता पुछे पछि पुनःचर्चामा आएका हुन् । गुरुङलाई यतिबेला सामाजिक सञ्जालमा विभिन्न कोणबाट गाली मात्रै गरेको देखिन्छ । यस विषयमा ओखलढुंगाबाट निर्वाचित संघिय सांसद यज्ञराज सुनुवार जनताले सम्मान गरेर लगाई दिएको खादाले त्यसरी जुत्ता नै पुछ्दा जनताको अपमान गरेको कारण उहाँले माफी माग्नु पर्ने बताउँछन् । यस विष्यमा उनले थप नबोल्ने बताए । माननियले बौद्ध संस्कार र धर्मलाई लात मार्ने काम गर्नु भएका कारण उहाँले गल्ती स्वीकार गरी माफी माग्नु पर्ने नेकपा एकाले ओखलढुंगा जिल्ला कमीटी सदस्य आङदावा शेर्पा बताउँछन् । बौद्धधर्मावलम्बीहरुको पवित्र बस्तु खादाले जुत्ता पुछ्न गुरुङले गल्ती गरेका शेर्पासंघको धारणा छ । बौद्धधर्मावलम्बीहरुको पवित्र बस्तु खादामा विभिन्न देवीदेवताको नाम देखी विभिन्न मन्त्रहरु समेत हुने हुँदा सांसद गुरुङले धर्मको संगै देवी देवताको अपमान गरेका नेपाल शेर्पा संघका सचिव लाक्पागेल्जे शेपाले बताए । एमालेको दलगत प्रबृत्ती भएकाले उनले खादाको महत्व नबुझेर पनि त्यस्तो गरेको हुन सक्ने शेर्पाको भनाइ ।यस विष्यमा सांसद गुरुङले भने आपत्ती जनाएका छन् । उनले आफूले जिल्लामा केही गर्न पर्छ भनेर लाग्दा पनि विभिन्न विषयमा विबादमा ल्याई रहने पत्रकारहरुको हात रहेको बताउँदै कार्यक्रममा बसीरहेको अवस्थामा आफ्नो जुत्तामा फोहोर लागेका कारण अगाडी टेबलमा राखेको थाङनोले जुत्ता पुछेको भन्ने जवाफ दिएका छन् । उनले के मैले आफ्नो जुत्ता सफ गर्न पनि नपाउनु भन्दै जेजे लेख्न मन लाग्छ लेख्नुस भनेर जवाफ दिएका छन् ।

सम्बन्धित खबर