बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने

आइतवार, माघ १६, २०७८

२०७८ माघ १६/ सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न र निर्वाचन आयोगसंग छलफल गरेर मिति तोक्न प्रधानमन्त्री मार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । उहाले जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताउनुभयो । निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको कार्कीले जानकारी दिनुभयो । निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला गठबन्धनले जेठभित्र निर्वायच गर्ने निर्णय गरेको हो । गठबन्धनको निर्णयसंगै तीनै तहको निर्वाचन एकैपटक गर्ने प्रयास पनि असफल भएको छ ।

सम्बन्धित खबर