सोमवार, साउन ७, २०८१
Sancharmanch

सौतेनी आमा

शनिवार, माघ १५, २०७८

सम्झना उप्रेती (प्रवास)

२०७८ माघ १५/ ऊसोत म जम्माआठ बर्षकी मात्रै थिए मेरीआमाले म र बैनीलाई छोडेर यो संसारबाट जानुभएको ती यादहरु जुन आमासंग बिताए तिनैलाई मनमा राखेरैआज यहाँ सम्म आईपुगेकी छु। कैले–कैले म एक्लै भएको बेला आमा भन्नुहुव्थ्यो हेर छोरी केही कथम मलाई केही भई हाल्यो भने तैले बैनीको पनि हेरचाह गर्नु बैनीलाई धेरै माया गर्नु है।त्यो सानो नाबालकलाई के थाहाआमाले त्यो केही भईहाल्यो भने भनेको हामीलाई योसन्सार बाटै छोडेर जानु हो‘मत बस हुन्छ आमा म बैनी लाई धेरैमाया गर्छु भन्थे । आमा मलाई अंगालोमा बाँधेर रुनु हुन्थ्यो । गाईबस्तुलाई घाँस काट्न जादा या दाऊरा लिन जादा आमा मलाई पनिसंगै लानुहुन्थ्यो अनि त्यस्तै कुराहरु भन्ने गर्नुहुन्थ्यो कैले त भन्दाभन्दै बररर अुाशु झार्नु हुन्थ्यो । किन रुनुभाको आमा के भयो तपाईलाई भन्दा केही नबोली अंगालोमा मलाई कसेर रुनु हुन्थ्यो । कैले कैले बाबा आमा घरमा हुदा बुवा र आमाको झगडा हुदा बुवाले ढोका थुनेर आमालाई कुट्नुहुन्थ्यो मत बैनीलाई तानेर माथी सिरान तलामा गएर मकै राखेको भकारी पछाडी लुक्थ्ये कतै बाबाले हामीलाई पनि देखेर कुट्नु हुन्छ भनेर । कैले त त्यहिँ निदाऊथ्यौ पछि आमा खोज्दै खोज्दै आएर ऊठाए पछि बल्ल थाहा पाउँथे । आमाको आाँखा वरीपरी निल डाम हुन्थ्यो । हातमा राता–राता डामहरु हुन्थे हामी डरले कापेको देखेर त्यहि वसेर रुनु हुन्थ्यो र डोर्याएर तल लानु हुन्थ्यो एक–दुई दिनत बाबाको छेऊमा पनि नबोलाएसम्म जान डराउथ्यौँ । ‘बाबा भनेर दौडेर बाबाको अंगालोमा गएकोत मलाई यादै छैन । खैकिन तर बाबाले पनि त्यसरी कहिल्ःयै बोलाऊनु हुन्न थियो हाम्लाई जाडो महिना थियो । ती जुनेली रात । रात पर्नासाथ किराहरु कराउथे तिनीहरुलाई जिस्क्याऊदै बैनी र म पनि ऊनिहरुसंगै कराऊदै आगनमा ऊफ्रीन्थ्यौ खेल्थ्यौ सबैलाई खाना दिए पछि खानुहुन्थ्यो खाना मेरी आमा जैहिल्यौ एक्लै किन खानुहुन्छ आमा भन्यो भने पकाऊने मान्छेले सबैभन्दा पछाडी खानु पर्छ भन्नुहुन्थ्यो म पनि तपाई संगै खान्छुनी आमा भन्थे तर फेरी खाना पाक्नु भन्दा अगाडी भोक लागेर कराउथ्यौँ अनि आमाले बाबा, हजुर आमा र बाले खाने बितिकै हामीलाई दिनु हुन्थ्यो । त्यो एक दिन अनि त्यो जुनेली रात जुनकिरी समात्न भन्दै जुनकिरीको पछि पछि बैनी र म दौडीदै थयौँ । बाबा खै ऊता माथीबाट आऊदै हुनुहुन्थ्यो बाबाले आगनको तगारो खोल्ने बितीक्कै बैनी र म भित्र दौडियौ । खै के एक्लै बोल्दै आऊनुहुदै थियो । घर पछाडीबाट लुकेर हेर्दै थियौ आमा रेडीयो सुन्दै रेडीयोमा घंन्किएको गितमा तालमिलाऊदै बाहीर भाडा माज्दै हुनुन्थ्यो बाले आमाको हात समातेर तान्नु भयो आमा तल आगनमा बजारिनु भयो बाबाले लतारेरै आमालाई भित्र लानु भयो । हामी डरले थुरथुर भएका थीयौ बैनी लाई हातमा समातेर करेसा बारीको स्कुसको झ्याङ ंमुनी लुके खै कति बेला त्यही निदाएछौ थाहै भएन आमा पनि ऊठाऊन । आऊनु भएन त्यो दिन‘ । हजुरआमाले पनि बोलाऊनु भएन । आाँखा खुल्दा घरभरी मानिसहरु आएका थिए । हाम्रो घरमा मान्छे किन आएछन ? ‘बैनीलाई हतार–हतार ऊठाए र हामी आगनतिर आयौ सबै जनाका आखामा आशु देखिन्थ्यो कोही भन्दै थिए ‘,हेर ति बालाखाको बिजोग कम्सेकम रिताले तिनकोत सोच्नु पर्छनी ‘फेरी कोही भन्दै थिए केथाहा केभएको हो । दाई भाऊजुको संधै झगडा हुन्थ्यो ‘दाईको गनगन एऊटा छोरो जन्माऊन नसक्ने तँ भन्दै कराएको सुन्थे कैले–कैले फेरी पल्ला गाउँकी मास्टरनीसंग लसपस छ अरे । गानगुन हल्ला सुनिन्छ ,कसैले होकी आफै यस्तो भाको केही बोल्न सकिन्न है चुप लागौ हामी भन्दै थिए ‘हामी ऊनिहरुका कुरा सुन्दै–सुन्दै भिडबाट भित्र घरतिर गयौँे ‘। भित्र आमा भुईमा निदाईरहनु भएको थियो एऊटा खुट्टा तिर बाबा निहुरीएर बस्नु भएको थियो अर्को तिर हजुरआमा । तेतीत देख्यौ हामीले तर हामीलाई काकीले तानेर आफ्नो घर लिएर जानु भयो । काकी के भयो हाम्री आमालाई रुहेर स्यानी त अब ठूली भईस बैनीको हेरचाह गर्न सक्छेस भनेर आमा माथी जानु भएको अब हामीलाई उत्यो माथी आकासबाट हेरीरहनु हुन्छ । भन्दै रुन थाल्नु भयो खै मैले के बुझँे थाहा छैन तर म पनि रुन थाले घरतिर दौडदै थिए तर काकीले समात्नु भयो । घर भित्र लेरजानुभयो । झ्याल बाट चिह्याएर हेरे पुलीसहरु पनि थिए । के आखाहरुबाट अुाशुका भेल बगेछन रुदा–रुदा घुक्क–घुक्क आवाज आईरहेको थियो । काकी अब हामीलाई कस्ले माया गर्छ आमा गए पछि । काकी केही बोल्नु भएन । त्यो दिनबाट म र बैनी एक्लीयौ बैनीसंगै आमा सुत्ने खाटमा सुत्थ्येम आमाले भनेका कुराहरु याद आऊथ्यो बैनी त धेरै सानी थि कैले–कैले पानी परेर जाडो हुदा खाटमा बसेर आमा सम्झेर रुन्थे । जाडो भएछ भनेर तोरीको तेल तताएर स्वाई–स्वाई माड्नु हुन्थ्यो बैनी र मलाई बाबाकोत छेऊमा जान डराऊथे म नगए पछि बैनी पनि जान्नथी । हजुरआमाले पनि खासै वास्ता गर्नुहुन्नथ्यो हामीलाई । पल्ला घर मैयाकी हजुरआमाले ऊसलाई पटुकी बाट निकालेर कैले चकलेट कैले चाऊचाऊ त कैले बिस्कुट दिनु हुन्थ्यो ‘हामी छेऊमा छौ भने बोलाएर हामीलाई पनि दिनुहुनेथ्यो मैया भन्थी मेरी आमाको पटुकाबाट त सबैकुरा फल्छ । तर हाम्री हजुरआमा बेग्लै हुनुहुन्थ्यो ‘पाहुना आऊदा ल्याएको कोसेली पनि यो तिमेर्लाई हैन भुराभुरीले खानुहुन्न भन्नु हुन्थ्यो । एैले सम्झिदा जम्मा एक महिना भएको रैछ आमाले छोडेर गएको ‘बाबाले अर्की आमा ल्याऊनु भयो । अबदेखी तिमीहरुले ममि भन्नु है भन्नुहुन्थ्यो अर्की आमाले हामीलाई हेरेर मुस्कुराऊनु भयो लाग्यो अब आमाले जस्तै माया गर्नुहुन्छ । काकीको घरमा गएकोबेला एक दिन काका काकीको गफ सुनेकी थिए ‘बुडी मरेको एक महिना नबित्दै अर्की ‘। पुलीसलाई घुस दिएर आत्म हत्या भन्दिए ।’ हे दैब के देख्नुपरेको ‘काका भन्दै हुनुहुन्थ्यो धेरै नकरा सुन्लान अब पैसा हुनेकै त छनि जमाना पैसाले सब पाईन्छ यहा । अब ति केटाकेटीको रेखदेख गर्लीनी नया दुलईले ‘के गर्थी माया सौताका छोरा छोरीलाई ? फेरी काका भन्दै हुनुहु्न्थ्यो आजकालका पैलाका जस्ता हुदैनन् पढेलेखेका, बुझेका हुन्छन् । त्यामाथी मास्टरनी अरे त्येती सुन्दा सुन्दै म घरतिर गए‘ बैनीलाई खुवाऊने, नुहाईदिने लुगा लाईदिने सबै काम म आफैँ गर्थेँ । आमाले सिकाऊनु भएको थियो ‘लु बैनीलाई एसो गर त ऊसो गर त भनेर आफु छेऊमा बसेर हेर्नु हुन्थ्यो मिलेन भने यसरी गर भनेर सिकाऊनु हुन्थ्यो त्यै भएर सबै सिकीसकेकी थिए । ‘कान्छी आमाले खाना खाने बेला बाहेक कैले छेऊमा बोलाएको थाहा छैन बाबा घरमा भएको बेला बोलाए जस्तो गर्नुहुन्थ्यो तर म जादीन थिए । बैनीलाई पनि जान दिन्न थिएँ कैले कैले भनेको मान्दीनस भनेर पिट्नु हुन्थ्यो कान्छि आमा ‘। आमालाई बाबाले कुट्दा आमाले छोडेर जानुभयो अब कान्छी आमाले मलाई कुट्नु हुन्छ तर म त बैनीलाई छोडेर कहि जान्न काकी बैनीलाई कस्ले हेर्छ फेरी है काकी ? ‘। काकी काखी च्यापेर रुनु हुन्थ्यो ‘,केही समय पछी कान्छी आमाले भाई जन्माऊनु भयो । त्यसपछित झन हामीले पाऊने माया घट्दै गयो तर दिन प्रतीदिन म ठूली हुदै थिए ऊमेरले सानी भए पनि परे पछी मान्छे ब्यबहारीक हुन्छ भन्थे होरैछ बैनीको लागी आमा भएकी थिए ऊ पनि मसंगै पछि–पछि हिड्थी ‘बिहान बाख्रालाई घाँस काटेर आएपछि खाना खाएर ऊसलाई लिएर स्कुल जान्थेँ म ‘।भाई ठुलो भए पछि बाबाले बोर्डीङ ंस्कुल पठाऊनु भयो ‘बैनी र म सरकारीमै जान्थ्यौँ कैले बाबासंग सोधीन पनि किन भाई हामीसंग नगाको भनेर‘। कैले–कैले पधेरोमा काकी बडा आमाहरु साऊती मारेको सुन्थेँ पानी लिन जादा ‘। यति हुने खाने पैसा वालहरु भएर छोरीलाई सरकारीमा हालेकाछन धन मात्रै भएर के गर्नु मन नभएपछि ‘रिताले छोडे पछित छोरीहरु नोकर जस्ता भाका छन बिचरा ‘। ऊतिकैमा ऐले छोरालाई अंग्रेजी स्कुलमा हाले एऊटै घरमा यस्तो बिचित्र छ ‘। सुने पछि म दौडेर बारीको डिल मुनि गएर लुक्थेँ सबै गएपछि बल्ल पाली थापेर घर जान्थेँ भन्नेलाई कति सजिलो छ भोग्नेलाई पो थाहा हुन्छ कस्तो हुन्छ भनेर ‘। बाबासंग डर लाग्थ्यो । जे भन्नु हुन्थ्यो खुरुक्क मान्थेँ त्यै भएर पनि बाबाले त कराऊन ुहुन्न थियो । पैले आमा हुदा चाडबाडमा माथी हाटबजार लगेर मन परेको मिठाई अनि लुगा किनीदिनु हुन्थ्यो अहिले कान्छी आमाले जस्तो किन्दिए पनि केही नबोली लाऊछु म ‘पैले पैले पानी पर्ना साथ आगनमा ऊफ्रीन जाने म आजकाल पानी पर्यो भने आमाको संम्झना आऊथ्यो त्यै भएर पैले आमा हुदा म रमाएर ऊफ्रीएका कुराहरु आजकाल गर्दिन म फेरी तेत्रो समय पनि काहा मिल्छ र मलाऊ बिहान घास काटेर स्कुल जानु पर्यो बेलुका स्कुलबाट आएपछि बाख्रा चराऊन जान्छु फेरी घर आएपछि कान्छी आमालाई काम सघाऊनु पर्छ‘। बैनीलाई त पढ्न लगाऊछु ।आमा सधै भन्नु हुन्थ्यो जति दुःख पाए पनि पढ्न नछोड्नु पढाई भन्दा ठूलो कुरा केही हैन्‘मैले थोरै पढेर दुख पाए तिमीहरुले धैरै पढ्नु ‘ म त बाख्रा हेर्दा किताब बोकेर जान्छु मलाई जस्तो भए पनि बैनिलाई धेरै पढाऊन सकु जस्तो लाग्छ ……‘‘आजकाल त बैनी पनि एक्लै भई क्यार …….कैले कैले म नहुदा कान्छी आमाले काम अर्हाऊनु हुन्छरे …….. भाईको काम त खेल्ने र खाने होनी सानै छ ……. भाईले पाऊने जति माया भने हामीले कहिले पाएनौ‘ ……… बरु बैनीलार्इ मैले आमाले दिने माया दिएकीछु ।

सम्बन्धित खबर