बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल बिद्यार्थी संघ र त्रिभुवन विश्वबिद्यालय बीच पाँच बुदे सहमति

शनिवार, माघ १५, २०७८

२०७८ माघ १५/ बिद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलतरत नेपाल बिद्यार्थी संघ र किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायबीच पाँच बुदे सहमति भएको छ । सहमतिपछि नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ भने व्यवस्थापन संकायको डीन कार्यालयमा लगाइएको ताला खोलिएको छ । व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत बिद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले यसअघि तालाबन्दी गरेका थिए । त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायबीच भएको सहमतिमा छात्रबृति प्रदा गर्ने, व्यवस्थापन संकायका आंगिक क्याम्पसहरुले लिने शुल्कमा एकरुपता ल्याउने, सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई कारवाही गर्ने लगाएतका रहेको नेविसंघका नेता दिपक ओझाले जानकारी दिनुभयो । संघ र त्रिबिबीच २०७६ साल साउन २४ गते भएको सहमतिलाई समेत अघि बढाउनका लागि प्रतिवद्धता जनाएको बिद्यार्थीहरुले जनाएको छ ।

सम्बन्धित खबर