बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

स्थानीय तह निर्वाचन मितिको विषयमा छलफल

शनिवार, माघ १५, २०७८

२०७८ माघ १५/ सत्तारुढ पाँच दलीय गठबन्धनबीच स्थानीय तह निर्वाचन मितिको विषयमा छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवासमा गठबन्धनबीच प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय निर्वाचनबारे राख्नुभएको स्थानीय तहको निर्वाचनका बिषयमा छलफल भएको हो । बैठक अपरान्ह पुन बस्ने गरि सकिएको नेताहरुले बताएका छन् । बैठकमा कुनै निष्कर्ष ननिस्कीएको र कानुनविद्हरूसँग थप परामर्श गरेर अपन्राह बैठक बस्ने उनीहरुको भनाई छ । निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ । स्थानीय तहको निर्वाचन मात्र नभई तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ ।

सम्बन्धित खबर