बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कमलमा बृहत प्याज खेति गर्दै आइ पि एम कृषि सहकारी

शनिवार, माघ १५, २०७८

२०७८ माघ १५/ झापाको कमल गाउँपालिकामा रहेको आइ पि एम कृषि सहकारी संस्थाको प्राविधिक सहयोग कृषि ज्ञान केन्द्र झापाको रु ४ लाख आर्थिक सहयोगमा बृहत रुपमा प्याज खेति सुरु भएको छ । वढ्दो आयातलाई मध्यनजर गर्दै प्याज खेतिमा झापालाई आत्मनिर्भर वनाउने उध्येश्यले सुरु गरिएको प्याज खेतिमा यस आर्थिक वर्ष ४० जना कृषक सहभागि हुने सहकारीका अध्यक्ष याम बहादुर राईले जानकारी दिनु भयो । परिष्ठ आइ पि एम सहजकर्ता टंक कट्टेलले सञ्चालन गरेको कार्यक्रममा सहकारीका उपाध्यक्ष खड्ग नारायण आचार्यको अध्यक्षता रहेको थियो । सहकारीकै लेखा समिति सयोजक डिल्लिराम अधिकारीले स्वागत गर्नु भएको कार्यक्रममा कमल गाउँपालिका वडा नं. २ का वडा सदस्य दुर्गा पराजुली, गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र बोहोरा विषेस अतिथी रहनु भएको थियो भने प्रमुख अतिथीको रुपमा कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ विज्ञ सालिकराम भट्टराई रहनु भएको थियो ।


आफ्नो सेवा क्षेत्र भित्रको सहकारीले मसलावाली अन्तर्गत प्याज खेति सुरु गरेको मा धन्यवाद ज्ञापन गर्दै कमल गाउँपालिका कृषि विकाश शाखा प्रमुख महेन्द्र वोहोराले प्याज आयात न्युनिकरणका लागि सहकारीले खेलेको भुमिका प्रसंसनिय रहेको वताउनु भयो । कमल गाउँपालिका ब्यवसायिक कृषिका लागि उर्भर भुमि रहेको गाउँपालिकाको रुपमा लिने गरिन्छ । विगतमा आलु खेतिको नमुना कार्यक्रम प्रस्तुत गरेको कमल गाउँपालिकाले यस वर्ष वाट मसला वालि अन्तर्गत प्याज खेतिलाई अगाडि वढाउने भएको छ । कार्यक्रममा आफ्ना विचारहरु राख्दै प्रमुख अतिथी भट्टराईले बढ्दो प्याज आयातलाई प्रतिस्थापन गर्ने उध्येश्य अनुरुप कार्यक्रम सञ्चालनको सुरुवात गरिएको साथै उत्पादित वस्तुको गुणस्तरियतालाई ध्यानमा राखेर ग्रेडिङ गरेर प्याकेजिङमा लोगो सहित वजार पुग्नु पर्ने धारणा राख्नु भयो । पुर्ण रुपमा जैविक प्रविधि वाट खेति गरी उत्पादन गरिने प्याजको वजार ब्यवस्थापन सहज वनाउनका लागि आइ पि एम कृषि सहकारी लागि परेको वताउँदै आगामि वर्ष प्राङ्गारीक खेति मिसन कार्यक्रम सञ्चालन गरि कृषकलाई मालिक वनाउने अभियानमा सहकारी लागि परेको वरिष्ठ आइपियम सहजकर्ता टंक कट्टेलले वताउनु भयो ।

सम्बन्धित खबर