बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेसको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन

शुक्रवार, माघ १४, २०७८

२०७८ माघ १४/ नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको कार्यसम्पादन समिति गठन सम्बन्धी प्रस्ताव पारित भएको हो । समितिमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिमका पदेन सदस्यका साथै धारा २३ (२) बमोजिम केहि केन्द्रीय सदस्यहरुलाई समावेश गराइएको महामन्त्री थापाले जानकारी दिनुभयो । उहाले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक अर्को हप्ता बस्ने र राष्ट्रिय राजनीतिका साथै नियमित सांगठानिक बिषयमा छलफल हुने बताउनुभयो । त्यस्तै भातृसंगठनका बिषयमा पनि कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्ने उहाको भनाई छ । केन्द्रीय समितिको भर्चुअल बैठकमा केहि सदस्यहरुले स्थानीय निर्वाचनका बिषयमा पनि धारणा राखेका थिए । महामन्त्री थापाले संविधान बिपरित स्थानीय निर्वाचनका सन्दर्भमा आएका बिषयलाई कांग्रेसले अंगिकार गर्न नहुने आफ्नो धारणा रहेको बताउनुभयो । सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्यमध्येबाट पूर्वपदाधिकारीहरुसहित वरिष्ठताका आधारमा २४ जनालाई कार्यसम्पादन समितिमा समेट्नुभएको छ । विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुन्छ । जसमध्ये कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहने उल्लेख छ । अब सभापति देउवाले समितिमा ७ जना केन्द्रीय सदस्यहरुलाई मनोनित गर्न पाउने व्यवस्था पनि छ ।

सम्बन्धित खबर