बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन

शुक्रवार, माघ १४, २०७८

२०७८ माघ १४/ वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ । शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उहाले कर्मचारीले नै बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताउनुभयो । छिटो काम गर्नका लागि सर्वसाधारणहरुले बाध्य भएर बिचौलियाको साहारा लिने गरेको भन्दै कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिनुभयो । उहाले कार्यालयको व्यवस्थापनका साथै सुधारका लागि छिटै काम सुरु गर्ने स्पष्ट पार्नुभयो । कागजी प्रणालीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने उहाको भनाई छ । सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गर्नुभएको हो । यसअघि मन्त्री दाहालले बिहीबार ललितपुुरको एकान्तकुनास्थीत यातायात कार्यालयको अनुगमन गर्नुभएको थियो ।

सम्बन्धित खबर