शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

भन्सारविरुद्ध संर्घष समिति गठन

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३/ भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहणको नाममा व्यक्तिको नम्बरी जग्गा रोक्का राखेको र समयमा मुआब्जा वितरण नगरेको भन्दै त्यसविरुद्ध संर्घष समिति गठन गरिएको छ । भन्सार कार्यालयले व्यक्तिको जग्गा अधिग्रहण गर्ने भनी २०७७ साउन २७ गते सूचना प्रकाशन गरी भूमि सुधार तथा मालपोत कार्यालय झापामा जग्गा रोक्का राखिदियो । जग्गा रोक्का राखेको डेढ वर्ष बितिसक्दा समेत जग्गाधनीहरूले समयमा मुआब्जा नपाएपछि भद्रपुर नगरपालिका ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको संयोजकत्वमा संर्घष समिति गठन गरेका हुन् । स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पीडित जग्गाधनी र सरोकारवालाको भेलाले गठित संर्घष समितिले बिहीबार पत्राकार सम्मेलन गर्दै सम्बन्धित निकायले दवाव दिएका छन् । पटक–पटक पीडित जग्गाधनीहरूले छलफल, ज्ञापनपत्र, घेराउ लगायतका कार्यक्रम गरिसक्दा पनि हालसम्म सरकारी पक्षबाट मुआब्जा वितरण प्रक्रिया अघि नबढाएकोले सर्घंषमा उत्रिनुपरेको समितिका संयोजक बन्धु कार्कीले बताउनुभयो । यता आयोजित पत्रकार सम्मेलनमा राजनितिज्ञहरुले पनि संर्घष समितिलाई एक्येवद्धता जनाएका छन् ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, माओवादी केन्द्र नगर अध्यक्ष शिवकुमार राजभण्डारी, राप्रपाका क्षेत्रीय सभापति तथा झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, राप्रपाका देवकुमार घिमिरेले पीडित बनेका जग्गाधनीलाई तत्काल मुआब्जा दिलाउन स्थानीय, प्रदेशदेखि संघीय सरकारसम्मलाई दवाव दिने बताउनुभयो । भद्रपुर ५ स्थित सीमावर्ती मेची नदीमा पक्की पुल बनेपछि सरकारले २०७५ भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति गर्दै मूल भन्सारमा परिणत गरेको छ । भद्रपुर मूल भन्सार कार्यालयमा परिणत भएपछि हाल रहेको भन्सार कार्यालयलाई उत्तर पट्टीको स्थानीयको नम्बरी जग्गामा भवन बनाएर कार्यालयमा सार्न सरकारले २०७६ बैशाख १७ गते जग्गा अधिग्रहण गर्न भनी निर्णय गरेको थियो । सरकारले गरेको निर्णय भन्दा झन्डै १५ महिनापछि तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले जग्गा अधिग्रहण मूल्याङ्कन उपसमिति गठन गरी प्रक्रिया अघि बढाएको थियो । उपसमितिले जग्गाको छनौट गरी स्थानीयको जम्मा १०६ वटा कित्तामा रहेको करिब ९ विगहा जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको थियो । त्यसपछि सूचना निकालेर मालपोतमा जग्गा रोक्का राखियो । सो जग्गामा करिब २८ देखि ३० घरका परिवार बसोबास गर्दै आइरहेका छन् ।

सम्बन्धित खबर