बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३/ युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने बताउनुभएको छ । बिहीबार चितवनमा रंगशालाका बिषयमा भरतपुर महानगरपालिकाले गरेको छलफल कार्यक्रममा उहाले लगानीको स्रोत पहिचान गरेर निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गहतराजले कुन मोडलमा बनाउने भन्नेबारे छिट्टै टुंग्याउने पनि जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले थुप्रै सहयोग गर्दागर्दै पनि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसक्ने भनेकाले दायित्व लिन महानगर रहेको बताउनुभयोे । १७ करोड ऋण लागेको भन्दै फाउन्डेसनले गत ४ महिनायता रंगशाला निर्माणका कुनै पनि काम अघि बढाएको छैन । मन्त्री गहतराजले बिहीबार नै रंगशालाको अवस्थाको स्थलगत अनुगमन पनि गर्नुभएको थियो ।

सम्बन्धित खबर