बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सुपारी खेतीमा किसानको आकार्षण वढ्यो

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३/ नेपालको ८० प्रतिशत खेती हुने सुपारीको झापामा जोन संचालन भए पछि किसानहरु खेतीमा थप आकार्षित बन्दै गएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारीजोन कार्याक्रम संचालनले खेतीमा सिंचाई, गोधामघर देखि प्रशोधन समेतमा अनुदान दिन थाले पछि किसानहरु खेतीमा आकार्षित हुँदै गएका हुन् । झापाका किसानहरु सुपारी जोन कार्याक्रमले अनुदान सहयोग दिन थाले पछि खेतीमा थप उत्साहित बन्दै गएका छन् । यस अघि सिंचाई, गोदामघरमा अनुदान दिँदै आएको कार्याक्रमले यस बर्ष प्रशोधन र टपरी निर्माणमा अनुदान उपलव्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोनका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

सुपारी सम्बन्धी विज्ञ कृषि प्राविधिकको अभाव रहेकाले विभिन्न तालिम र पशिक्षण समेत दिँदै आइएको छ । ४ बर्ष देखि संचालन भएको सुपारीजोन कार्याक्रमले धेरै सहयोग गरेकाले खेती थप विस्तार गर्दै लगेको किसानले बताएका छन् । सुपारी खेती विस्तारसँगै पछिल्लो समय काँचो सुपारीको मुल्य समेत बढ्दै गएको छ । ३ बर्ष अघि २५ देखि ३० रुपयाँ प्रतिकेजी विक्री हुने काँचो सुपारीको मुल्य पछिल्लो समय ५० देखि ७० सम्म पुगेको लामो समय देखि अर्जुनधारा नगरपालिका क्षेत्रमा सुपारीको व्यवसाय गर्दै आउनु भएका व्यवसायी रघुनाथ गुप्ताले बताउनु भयो । सुपारी जोन कार्याक्रमले पूर्वी नेपालमा बर्षेनी सुपारी खेती विस्तार हुँदै गएको छ । तर अझै पनि वैधानिक तरिकाले तेस्रो मुलुक सुपारी निर्यात हुन नसक्दा बजारीकरणमा भने समस्या रहेको व्यवसायीहरुको भनाइ छ ।

सम्बन्धित खबर