बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३/ श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुराएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिनुभएको छ । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबइ पुगेर दुख पाएका युवाहरुसंगको छलफलका क्रममा उहाले भिजिट भिसामा कामका लागि दुबइ पुराउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गर्नुभयो । भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उहाले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभयो । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उहाले जानकारी दिनुभयो । उहाले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताउनुभयो । दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उहाले स्पष्ट पार्नुभयो । त्यस्तै पीडित युवाहरुले आफुहरुले चर्को मूल्य तिरेर केहि व्यक्तिमार्फत दुवई गएको र अलपत्र परेको गुनासो गरे ।

उनीहरुले आकर्षक तलवको बहानामा आफुहरुलाई झुक्काएको बताएका थिए । पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ ।

सम्बन्धित खबर