बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

श्रम रोजगार तथा यातायात मन्त्री द्वारा यातायात कार्यालय अनुगमन

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३/ बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताउनुभएको छ । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताउनुभएको हो ।

अनुगमनका क्रममा सेवालाई चूस्तदुरुस्त बनाउन निर्देशन दिदै उहाले आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने बताउनुभयो । त्यस्तै उहाले यातायातमा बिचौलियालाई अन्त्य गर्दै सेटिङलाई पनि रोक्ने स्पष्ट पार्नुभयो । बिचौलियाले गर्दा कार्यालय नै बदनाम भएको भन्दै यसलाई रोक्न पनि निर्देशन दिइएको उहाको भनाई छ । उहाले अहिले पनि कागजी झण्झट देखिएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि देखिएको कानूनी जटिलता हटाइने दावी गर्नुभयो । अनुगमनका क्रममा मन्त्री दाहालले सेवाग्रहीसंग छलफल गर्दै देखिएका समस्याका बारेमा जानकारी लिनुभएको थियो । सेवाग्रहीले घण्टौ लाईन बस्दा पनि सहज रुपमा सेवा नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

सम्बन्धित खबर