बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पिकअप दुर्घटना २ जनाको मृत्यु १ जना घाईते

बिहिवार, माघ १३, २०७८

२०७८ माघ १३/ ईलामको रोङ गाउँपालिका(४ मा आज बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजेको समयमा झापाबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १(०१(००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार रहेका मेचिनगर नगरपालिका(४ झापा ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्य वहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई घाईते भएका पिकअप चालकलाई उपचारको लागी वि।एण्ड सि।अस्पताल झापा तर्फ पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर